सिनेमा ‘नाइके’को शीर्ष गीत यतिबेला चर्चाको विषय बनेको छ । संगीत, शब्द र लयले गीतलाई कर्णप्रिय तुल्याएको छ । अभिनेता आर्यन सिग्देल गीतमा बोल्ड देखिएका छन् । तर, यो सबथोक गर्ने पर्दा पछाडिका हिरो बने संगीतकार योगेश काजी ।
रिलिज हुन लागेको सिनेमाको संगीतलाई लिएर योगेश निकै उत्साहित छन् । दशकदेखि संगीतमा लागेका योगेशको यो पाँचौ सिनेमा हो जहाँ उनले कम्पोजमा विविधता पस्कने जमर्को गरेका छन् । पछिल्लो समय रिलिज भएको एकल एल्बम ‘प्लेटफर्म’ले पनि योगेशलाई चर्चा दिलायो ।
.jpg)
‘नाइके’, ‘घात’, ‘गन्तव्य’ र ‘ओझेल’मा काम गरिसकेका योगेशद्धारा संगीतबद्ध सिनेमा ‘मान्छे’ यतिबेला छायांकनमा छ । मान्छेमा आफूले मानवीय संवेदनालाई बुन्ने प्रयत्न गरेको उनले बताए । उनकै संगीतमा ख्यातिप्राप्त कलाकारले पनि गाएका छन् र चर्चा बटुलेका छन् ।
पोखरामा रहेर दशकदेखि संगीतमा सक्रिय योगेशद्धारा संगीतबद्ध सिनेमा ‘नाइके’ चाँडै रिलिज हुँदैछ । ‘नाइकेले मलाई झनै उचाइमा लैजाने विश्वास लिएको छु’ योगेश भन्छन्, ‘अब सिनेमा संगीतलाई बलियो तुल्याउन हामीसबै एकजुट हुनुपर्ने खाँचो मेरो छ ।’

