Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकाका आठ सहरमा `स्टुपिड मन`

फिल्मीखबर, काठमाडौं, 2014/08/15

अभिनेता निरज बराल र विवेक शाही मिलेर निर्माण गरेको ‘स्टुपिड मन’ अमेरिकाका आठ शहरमा प्रदर्शन हुने भएको । हाल फिल्मको प्रिमियरको सिलसिलामा अमेरिका रहेका निरज बरालले फिल्मीखबरसँग कुरागर्दै यस्तो जानकारी गराएका हुन् ।

 

‘अमेरिकाको क्यालिफोर्नियामा दर्शकको रेस्पोन्स देखेपछि क्यालिफोर्नियामा प्रिमियर शो गर्ने समूहले नै अमेरिकाका बाँकी ६ शहरमा शो गर्ने ईच्छा देखाएको हो । यसले स्टुपिड मनसँगै बाँकी नेपाली फिल्मका लागि पनि सकारात्मक खबर हो,’ निरजले भने । ‘स्टुपिड मन’को गत ५ तारिखमा क्यालिफोर्नियामा प्रिमियर शो भएको थियो भने क्यालिफोर्निया नजिकैको शहरमा गत १२ तारिखमा अर्को शो भएको थियो । बाँकी ६ शो भने नेपाल रिलिज पछि हुने निरजले जानकारी गराए ।

 

भदौ २०मा नेपालमा प्रदर्शन हुन लागेको फिल्मले नियमित प्रदर्शनसँगै च्यारिटीलाई पनि प्राथमिकता दिएको छ । फिल्मको दुई हप्ता अघि झापामा च्यारिटी गरिएको थियो भने भदौ १२ मा जय नेपाल हलमा अर्को च्यारिटी हुँदैछ । सोही समयमा कतारमा पनि शो गर्ने तयारी भईरहेको निर्माता विवेक शाहले जानकारी गराएका छन् । दिवाकर भट्टराई निर्देशित फिल्ममा जीवन लुईटेल, निरज बराल, चाँदनी शर्मा, रिजु श्रेष्ठ आदिको अभिनय रहेको छ । सामीप्य तिमल्सेनाको पटकथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ ।

Most Visited News (monthly)