Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.00/5.00)
Text size:-
+
-

हेटौंडामा २० बर्षपछि नयाँ रेकर्ड !

मणिराज गौतम, हेटौंडा, 2014/08/16
हेटौंडामा फिल्म 'कोहिनूर' हेर्न आउने दर्शकहरुको ओईरो लागेको छ । यसरी नेपाली फिल्ममा दर्शकहरुको ओईरो लागेको यो पहिलोपटक भएको हलले जनाएको छ ।  ओम चलचित्र मन्दिर हेटौंडाले ओईरो लागेर 'कोहिनूर' हेर्न आएका दर्शकहरुलाई थेग्न नसके पछि सुरक्षाकर्मी समेत परिचालन गरेको जनाएको छ । 
 
'कोहिनूर' ले नेपाली फिल्मको ब्यापारलाई आश्चर्यजनकको रिपोर्ट दिन थालेपछि ओम सिनेमा हलको मुहारनै फेरेको सचालक नरेन्द्र महर्जनले बताए ।  गत शुक्रबारबाट रिलिज भएको 'कोहिनूर' हेर्न रिलिजकै दिनदेखी दर्शकहरुको ओईरो लागेकाले हेटौंडामै फिल्म प्रर्दशनको नयाँ रेकर्ड कायम भएको छ । 'मैले हलमा काम गरेको बिस बर्ष भयो तर यसरी दर्शकहरुको ओईरो लागेको पहिलो पटक देख्दा अत्यन्तै खुसी लागेको छ,' कर्मचारी सानुकाजी श्रेष्ठले बताए । 
 
एक सातासम्म पनि 'कोहिनूर' हेर्ने दर्शकहरुको चाप बढेर थामिनसक्नु भएपछि ओम्याक्स हलमा रिलिज भएको 'इट्स ईन्टरटेन्मेन्ट' र 'सिंघम रिटर्न्स'लाई नराम्ररी प्रभाब पारेको बताईएको छ । शुक्रबार बिहानैदेखि 'कोहिनूर' हेर्न लाईन बसेका धेरै दर्शकहरुले तीन बजेको शो कुर्नु परेको थियो ।
 
'कोहिनूर' हेरेर फर्केका अधिकांश दर्शकहरुले अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सम्झेर रोए । अभिनेता श्रेष्ठलाई नै फिल्मको प्रर्दामा हेरिरहन खोज्ने दर्शकहरुले उनको निधन सपना भए जस्तो लागेको बताए । दर्शकहरुले हलमा राखिएको श्रीको तस्बीरमा माल्यार्पण गरेर श्रद्धान्जली समेत ब्यक्त गरेका थिए । 
 
फिल्मले चेलिबेटी बेचबिखनको कथालाई उठान गरेको छ । आकाश अधिकारीको निर्देशनलाई खुबै तारिफ गरेका दर्शकहरुले अभिनेत्री स्वेता खड्कालाई हेरेर पनि आँशु झारेका थिए । भगवानले पनि कस्तो चोट दिएका होलान भन्दै केही पाका दर्शकहरुले स्वेताको तस्बीर हेर्दै धर्यधारणको प्राथना सुनाउँदै थिए ।  
Most Visited News (monthly)