फिल्म ‘कोहिनूर’ले दोस्रो हप्तामा पनि आक्रामक व्यापार गरेको खबरहरु प्राप्त भएका छन् । ‘कोहिनूर’ले बिहानै देखि देशभरिका हलमा आक्रमक व्यापार गरेको हो । चार बर्षदेखि हाउसफुल हुन नसकेको काठमाण्डु कालोपुल स्थित हिरारत्न हलको बिहानीको शो पनि हाउस फुल भएको छ ।

मल्टिप्लेक्स तर्फ क्यूएफएक्स कुमारी सहित सिभिल मलमा सम्पूर्ण शो हाउसफुल भएका छन् । ‘यो मेरो १५ बर्षे फिल्मी करिअरकै पहिलो अनुभव हो,’ राजधानी वितरण हेरिरहेका वितरक सुनील मानन्धरले भने । उता मोफसल वितरण हेरिरहेको एफडी कम्पनीले पनि ‘कोहिनूर’को ब्यापारलाई आश्चर्यजनक बताएको छ ।
फिल्मले हेटौडाको सुविधा सम्पन्न हल ओम्याक्समा अजय देवगणको फिल्म ‘सिंघम रिर्टनस्’ लाई रिप्लेस गरिदिएको खबर छ । त्यसैगरी नेपाली फिल्मका मुख्य बजार मानिने स्थानहरु पोखरा, बुटवल, धरान, नारायणगढमा पनि ‘कोहिनूर’ले हाउसफुल दर्शक पाएको स्रोतले बताएका छन् । विशेष गरी बालबालिका र महिला दर्शक हलभरी देखिएका छन् । आठ दिनमा कोहिनूरले २ करोड ४४ लाखको ब्यापार गरेको छ । शनिबार सम्मको हिसाव आईसक्दा फिल्मले ३ करोड ग्रस गर्ने अनुमान छ ।

