Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17569 - 17574 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-02, बुधवार

बाल अभिनेता अनुभव रेग्मीको जन्मदिनको अवसर पारेर फिल्म ‘नाईं नभन्नू ल ३’को संगीतको कार्य सुरु गरिएको छ । अनामनगरस्थित गुञ्जन स्टुडियोमा फिल्मका ५ गीतहरू ‘इन्सर्ट’ गरियो । बसन्त सापकोटाको संगीत रहेका गीतहरूलाई महाराज थापाले एरेञ्ज गरेका छन् । 'आज बाजाहरू हालिन्छ,' संगीतकार सापकोटाले भने ।'

फिल्मीखबर, काठमाण्डौ, 2014-07-02, बुधवार

लगालग चार वटा फिल्ममा साइन गरेकी अभिनेत्री नन्दिता केसी केही सातादेखि फुर्सदमा छिन् । हिजोआज उनको दैनिकी बिहान हेल्थ सेन्टर धाउने र रातमा विश्वकप फुटबल हेर्ने छ । अर्जेन्टिनी टिमको समर्थनमा रहेकी नन्दिता किन फुर्सदमा रहिन् त ?

फिल्मीखबर, काठमाण्डौ, 2014-07-02, बुधवार

बाल अभिनेता अनुभव रेग्मीको आज असार १८ गते जन्मदिन हो । आजको मितिबाट अनुभव ७ वर्षमा प्रवेश गरेका छन् । फिल्म ‘नार्इं नभन्नू ल २’ बाट स्टार भएका अनुभवलाई फिल्मीखबर परिवार जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-02, बुधवार

अभिनेता सौगात मल्ललाई फ्यानले सरप्राइज वर्थडे केक उपहार दिएकी छिन् । सौगातको जन्मदिन पर्ने असार १७ गते मंगलबार फ्यान सदीक्षा थापाले केक काटिदिएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-01, मंगलवार

भ्रष्टचारको कथालाई उठान गरेर निर्माण गरिएको फिल्म 'सम्बोधन'को प्रोमोश्नल गीतमा 'सरकारी कुत्ता' भन्ने शब्द प्रयोग गरिएको छ । गीतले कस्लाई सम्बोधन गरेर 'सरकारी कुत्ता' भन्यो ? फिल्म हेरेपश्चात नै थाहा हुने निर्माता सरोज न्यौपानेले बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-01, मंगलवार

फिल्म निर्देशनमा पहिलो पाइला चाल्न लागेका विप्लप आर पोखरेलले 'नभ्य' नामको फिल्म बनाउने भएका छन् । लु:ज: इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको यो फिल्मले नेपाली समाजको यथार्थ कथालाई पस्कने बताईेको छ ।

Results : 17569 - 17574 of 24017