मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

असोज ३ मा आउने भो `नाइके`

फिल्मीखबर, काठमाण्डौ, 2014/08/26

भाद्र १३ गते रिलिज हुने भनिएको फिल्म 'नाइके' असोज ३ गतेका लागि गरेको छ । केहि प्राबिधिक कठिनाईले फिल्मको रिलिज पोस्टपोण्ड गरेको निर्माण युनिटले जनाएको छ । 

 

 

पोखरा सेरोफेरोका ग्याङस्टारको कथामा बनेको फिल्म 'नाइके' लाई नेत्र गुरुङले निर्देशन गरेका हुन् । यसअघि म्युजिक भिडियो निर्देशन गरेका गुरुङले फिल्म एक्सन र लभस्टोरीको मिश्रण रहेको बताएका छन् । पोखरामै सम्पूर्ण सुटिङ गरिएको फिल्ममा आर्यन सिग्देल, रेम बिक, सुर्बिना कार्की, बोधराज रेग्मी, सारिका केसीलगायतको अभिनय रहेको छ ।  

 

ब्ल्याक स्याडो प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता विष्णु हमाल हुन् । यसैगरी फिल्मका निर्मातामा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षत्री र रेशा गुरूङ रहेका छन् ।