Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17557 - 17562 of 24289
फिल्मीखबर, काठमाण्डौ, 2014-08-28, बिहिवार

अविवाहित अभिनेत्रीले ब्रत बस्नुको कारण असल पति पाउँ भन्ने अड्कल धेरैको हुन्छ । तर गरिमाले पुरुषका लागि ब्रत नबस्ने जवाफ दिइन् । कारण के त ? गरिमाले भनिन्–‘नेपालमा सर्वाधिक धेरै महिला हिंसा पुरुषबाट हुन्छ । महिलालाई हिंसा गर्ने पुरुषका लागि ब्रत किन बस्नु ?’ गरिमाको सोचाइमा नेपालका पुरुष महिला हिंसामा अग्रसर छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-28, बिहिवार

सञ्चार मन्त्री मिनेन्द्र रिजालको सक्रियतामा सरकारले कलाकारहरुलाई दुई प्रकारमा ग्रेडिङ गर्ने भएको छ । बिहीवार सिंहदरबारमा फिल्मकर्मीहरुसंग छलफल गर्दै दुई स्तरमा कलाकारहरुको ग्रेडिङ गरी सरकारी परिचय पत्रको ब्यवस्था गर्ने बिषयमा मन्त्री रिजाल सहमत भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-28, बिहिवार

आज पत्रकारहरुसँग भेटघाट गर्दै १२ बर्षपछि फिल्म नगरीमा फर्किएका शम्भुले भने, ‘छोरी ईश्वरी प्रधान खेल्न राजी नभएपछि मैले चलेका कलाकारलाई खोजेको थिए ।’ फिल्मको सुरुवातमा नै नायिका गरिमा पन्तलाई उनले अभिनय गराउने पक्का गरेका थिए । अर्की चलेकी हिरोइन खोज्दै जाँदा उनको नजरमा सुमिना घिमिरे परेकी थिइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-28, बिहिवार

भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म 'उत्सव' र 'यो कथा हो तिम्रो मेरो' विच केहि समानता देखिएको छ । लभस्टोरी जनराका यि दुबै फिल्मका निर्देशक स्क्रिप्ट राईटर हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-28, बिहिवार

लामो समय अमेरिका बिताउँदा नेपाली फिल्म क्षेत्रले झन्डै बिर्सेको अवस्थामा पुगेका रमेश निर्मातासँगै अभिनेताको रूपमा कमव्याक हुने तयारीमा छन् । बुधवार राजधानीमा एक कार्यक्रमको शिलशिलामा भेट भएका रमेशले छिट्टै नै फिल्ममा अभिनय गर्ने बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-28, बिहिवार

भोली शुक्रबारबाट दुई नयाँँ फिल्म 'उत्सव' र 'यो कथा हो तिम्रो मेरो' रिलिज हुँदैछन् । यि दुई फिल्मसँगै हलमा 'कोहिनूर', 'ताण्डव' र 'ठूली' पनि प्रदर्शनरत छन् । चलिरहेका फिल्म मध्ये 'कोहिनूर' भोलीबाट चौथो साथमा प्रदर्शन हुनेछ । यो फिल्मको व्यापार अहिले पनि आक्रमक नै छ । 

Results : 17557 - 17562 of 24289