
अभिनेता सविन श्रेष्ठले फिल्म निर्माण गर्ने भएका छन् । वर्ष ०७२ सालमा प्रदर्शन गर्ने गरी सविनले फिल्म निर्माणको पूर्व तयारी थालेका हुन् । केही सातामै फिल्मको शिर्षक र निर्देशकको नाम सार्वजनिक गर्ने सविनले बताए ।

आउँदो भदौ महिनामा फिल्मको बाढी बग्ने भएको छ । भदौको चार हप्तामा कम्तीमा ८ वटा आश गरिएका फिल्म प्रदर्शन हुने पक्का छ । भदौको बाढीले कुन-कुन फिल्मको निर्मातालाई बचाउला र कसलाई बगाउला ? पर्खाइको विषय बनेको छ ।

चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कारका केहि बिधामा फिल्मकर्मीले आपत्ति जनाएका छन् । राष्ट्रपति निवासमा राष्ट्रपति रामवरण यादवको हातबाट बाँडिएको पुरस्कारप्रति आपत्ति जनाएपछि सरकारी निकायमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

मुटुमा समस्या आएपछि ४८ घण्टादेखि बाँसबारी स्थित शहीद गंगालाल हृदय रोग केन्द्रको सिसियु कक्षमा उपचारार्थ रहेका बरिष्ठ फिल्मकर्मी नीर शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । परिवारले दिएको जानकारी अनुसार शाहले आज दिउँसोदेखि तरल पदार्थ पनि खान थालेका छन् ।

पोखरेली रंगमञ्चमा नाटक निर्देशकको रुपमा लामो समयदेखि क्रियाशिल कृष्ण उदासी फिल्म निर्देशनतर्फ फर्किएका छन् । उनैले निर्देशन गर्ने फिल्म ‘गन्तव्य’को सोमबारदेखि सुटिङ शुरु भएको छ । नाटकमा बढि समय दिईरहेका उदासी फिल्मी निर्देशनमा १४ वर्षपछि पुनः फर्किएका हुन् ।

वरिष्ठ फिल्मकर्मी यादव खरेललाई राष्ट्रिय चलचित्र पुरस्कार अर्न्तगतको दीर्घ साधना सम्मानबाट सम्मानित गरिने भएको छ । आज सोमबार साढे चार बजेदेखि राष्ट्रपति भवन शितल निवासमा आयोजना हुने उक्त अवार्डमा खरेललाई तीन लाख ५१ हजार नगद रुपैयाँ सहित सम्मान गरिदैंछ ।

