Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

लण्डनमा चल्यो `झोले`

फिल्मीखबर, लण्डन, 2014/08/26
नेपालमा राम्रै चर्चा पाएको डार्क कमेडी फिल्म 'झोले' यसै साता लण्डनस्थित वुलविच ग्राण्ड थिएटरमा प्रदर्शन गरियो । हलमा खचाखच उपस्थित दर्शकले फिल्मलाई रूचाएको प्रतिकृया दिए । लण्डनको के. के. मुभिज प्रोडक्सनले कपिलवस्तु समाजको सहकार्यमा फिल्म प्रदर्शन गरेको हो । 
 
 
दिपेन्द्र के. खनाल निर्देशित 'झोले'मा दयाहाङ राई, प्रियंका कार्की, ए गुरूङ, शंकर आचार्य लगायतको अभिनय छ । फिल्म प्रदर्शनका लागि नेपालबाट आएका निर्देशक, चलचित्र सेन्सर बोर्डका सदस्य तथा दर्शना आर्ट्सका सिइओ सुरेश दर्पण पोखरेलले दर्शकहरूले देखाएको मायाले बिदेशमा नेपाली फिल्मको राम्रो संभावना देखाएको बताए । फिल्म प्रदर्शनका समयमा दर्पणलाई सम्मान गरिएको थियो ।   
 
दर्शकको राम्रो साथ पाएकाले लण्डनका विभिन्न शहरमा 'झोले' प्रर्दशन गरिने बताईएको छ । यसैगरी यहि आयोजक टिमले सेप्टेम्बर १४ तारिखका दिन लण्डनमा 'नाईं नभन्नु ल २' पनि प्रदर्शन गर्ने भएको छ । 
Most Visited News (monthly)