
अभिनेता राजेश हमालमाथि आक्रमण भएको छ । शनिबार जावलाखेलस्थित एक भवनमा अशिष्मा नकर्मीसँग बिहे गरेको भन्दै हमालमाथि केहि गुण्डाहरूले आग्रमण गरेका हुन् । आक्रमणमा हमाल नराम्रोसँग घाईते भए ।

एक समय अभिनेत्री ऋचा शर्मा र निर्देशक निश्चल बस्नेत बिच अफयेर रहेको हल्ला फिल्मीबजारमा थियो । मलेसियामा सम्पन्न ६ औं नेफ्टा अवार्डमा ऋचा र अर्का अभिनेता गौरव पहरी बिचको निकटताले भने त्यो हल्ला फेल भयो ।

फिल्म निर्देशनमा राम्रै तारिफ पाउने गरेका निर्देशक सुदर्शन थापा हिरो भएका छन् । सुदर्शन हिरो भएको फिल्म ‘अझै पनि’ यतिबेला छायाँकन सकेर पोष्ट प्रोडक्सनमा छ । सुदर्शन हिरो भएको ‘अझै पनि’लाई आलोक नेम्वाङले निर्देशन गरेका हुन् ।

पहिलो फिल्म ‘अपवाद’ निर्देशन गरेका निर्देशक सुवास कोइरालको तेश्रो फिल्म ‘पुन्टे परेड’ साउन २ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । सुवासद्धारा निर्देशित दोश्रो फिल्म ‘अवरण’ केही महिना अघि प्रदर्शनमा आइसकेको छ ।

अभिनेत्री नम्रता श्रेष्ठको आधा दर्जन बढी फिल्म प्रदर्शनमा आईसकेका छन् । पछिल्लो समय प्रदर्शनमा आएको नम्रता अभिनित ‘नोभेम्वर रेन’ ले निर्माताको लगानी उठायो भने बाँकी फिल्मले घाटा बेहोरे । नम्रता अभिनित ‘सम्बोधन’ र ‘ताण्डव’ प्रदर्शनको पर्खाइमा छन् ।

बाल विवाह र दाइजो प्रथा विरुद्ध अभिनेत्री गरिमा पन्तले अभियान चलाउने भएकी छिन् । एक सामाजिक संस्थाले ‘झोला’ अभिनेत्रीलाई सामाजिक कु:प्रथा विरुद्धको अभियानमा सद्भावना दुतको रुपमा उभ्याएको छ ।

