Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17563 - 17568 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-03, बिहिवार

स्क्रिप्ट राईटर कुमार भट्टराईको डेव्यु निर्देशक रहेको फिल्म 'उत्सव'को गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र सौगात मल्ल, गौरव पहारी, प्रकृती श्रेष्ठ, मेनुका प्रधान र संजोग कोईरालाको मस्ती हेर्न सकिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-03, बिहिवार
सञ्चारकर्मी सुब्रत आचार्यले पहिलो पटक निर्देशन गरेको फिल्म ‘अधकट्टी’ भ्यालेन्टाइन डेको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । भ्यालेन्टाइन डेको एक दिन अघि फागुन १ गते 'अधकट्टी' प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दियो ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-07-03, बिहिवार

यो शुक्रबार असार २० गते फिल्म ‘अनौठो प्रेम कथा’ प्रदर्शनमा आउँदैछन् । कञ्चन शाही यो फिल्मका ‘वान म्यान आर्मी’ हुन् । उनले फिल्मको विभिन्न १७ वटा विधा सम्हालेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-03, बिहिवार

पहिलो फिल्मले राम्रो छाप छोड्न नसकेपनि दोश्रो फिल्म भने दर्शकको रोजाइको बनाउने रिफ इन्टरटेनमेन्टका सञ्चालक रविन श्रेष्ठले बताएका छन् । निर्माता श्रेष्ठले भने, ‘पहिलो प्रयास राम्रो गर्ने थियो, दोश्रो प्रयास सबैलाई मन पर्ने हुनेछ ।’

फिल्मीखबर, काठमाण्डौ, 2014-07-03, बिहिवार

जीवनमा नसोचेका घटना भैदिन्छन् । यस्तै भयो नायिका एन्जिला दाहालको जीवनमा पनि । ‘फिल्मको हिरोइन हुन्छु भनेर कहिल्यैं सोचेको थिइँन,’ कसरी भइन् त एन्जिला हिरोइन् ? डेभलपमेन्ट स्टडिजमा मास्टर्स गर्दै गरेकी एन्जिलाले सुनाइन्, ‘एउटा फिल्मको अडिसनमा साथीलाई लगेको थिएँ । साथीले कर गरेपछि मैले पनि अडिसन दिएँ र पास भएँ ।’

फिल्मीखबर, काठमाण्डौ, 2014-07-03, बिहिवार

फिल्म ‘मेरो मान्छे’ निर्माण हुने भएको छ । यो फिल्ममा लगानी नारायण खतिवडाको रहनेछ । निर्माता खतिवडाले यसअघि ‘भेटी’ र ‘लफडा’ नामक फिल्महरु निर्माण गरेका थिए । खतिवडाका यी दुई फिल्महरु व्यवसायिक रुपमा अफसल भए ।

Results : 17563 - 17568 of 24017