Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्कर अवार्डका लागि `झोला` सिफारिस

फिल्मीखबर, काठमाण्डौ, 2014/08/26
द एकेडेमी अफ मोसन पिक्चर आर्टस एण्ड साइन्सेसद्वारा सन् २०१५ फेब्रुअरी २२ तारीखका दिन संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा आयोजना हुने ८७औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्)का लागि विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितीले 'झोला' फिल्म छनोट गरेको छ । 
 
विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिती (नेपाल)लाई एकेडेमीद्वारा तोकिएको सबै मापदण्ड पुग्ने गरी उक्त प्रतियोगितामा प्रतिस्पर्धी फिल्मको रूपमा सिफारिस गर्न अनुरोध प्राप्त भए अनुरुप नेपाली फिल्महरूलाई आह्वान गरिए अनुसार प्राप्त भएका दुई नेपाली कथानक फिल्महरू “मोक्ष” र “झोला”मध्ये छनौट समितिको निर्णय बमोजिम “झोला”लाई एकेडेमी अवार्डस्का लागि नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका लागि सिफारिस गरिएको हो ।
 
‘झोला'मा सती प्रथाको कथा छ जसको निर्देशन यादव भट्टराईले गरेका हुन् । फिल्ममा गरिमा पन्त, लक्ष्मी गिरी, प्रह्लाद खतिवडा, देशभक्त खनाल, दीपक क्षेत्री, सुजल नेपाललगायत अभिनय गरेका छन् ।