
मुटुमा समस्या आएपछि हस्पिटलको सिसियु कक्षमा रहेका नीर शाहको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । शाह पारिवारका निकट सदस्य कला निर्देशक निर्जल श्रेष्ठले डाक्टरहरुले साँझ अक्सिजन माक्स झिक्ने प्रयाश गरेपनि सो प्रक्रिया असफल भएको बताए ।

फिल्म 'सम्बोधन'को केहि दिन अगाडी फस्टलुक पोस्टर रिलिज भयो । यस अघि 'होस्टल' फिल्म निर्देशन गरेका हेमराज बिसीको 'सम्बोधन' पोस्टरलाई धेरैले रूचाए । यहि फस्टलुकमा केहि रहस्य लुकेको छ जुन पत्ता लगाउनेलाई फिल्म निर्माण युनिटले आकर्षक उपहार प्रदान गर्ने भएको छ ।

फिल्म प्रदर्शन हुन दुई साता बाँकी हुँदा अभिनेता दयाहाङ राई हङकङतर्फ लागेका छन् । असार २७ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘नागबेली’ का मुख्य कलाकार दयाहाङ गत साता नाटक मञ्चन गर्न हङकङ उडेका हुन् ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले हाँस्य कलाकारलाई ‘हाँस्य’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । उनले हाँस्य क्षेत्रमा आवद्ध कलाकारलाई ‘हाँस्य व्यङग्यकार’ भनेर सम्बोधन गर्न अनुरोध गरे ।

विगत लामो समयदेखि साप्ताहिक टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’मा राता मकै पात्र बनेर दर्शकलाई हँसाउदै आएका किरण केसीको आज (असार १५ गते) जन्मदिन हो । राता मकै केसीले आफ्नो जन्मदिनमा हरियो मकै उपहार पाएका छन् ।

मुटुमा समस्या देखिएपछि वरिष्ठ फिल्मकर्मी निर शाहलाई आपकालिन अस्पताल भर्ना गरिएको छ । शनिबार राती एक्कासी मुटु दुख्न थालेपछि बुढानिलकण्ठ निवासबाट शाहलाई परिवारका सदस्यले बाँसबारीस्थित गंगालाल अस्पतालसम्म पुर्याएका थिए ।

