Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

मन्त्रीले बाँडे क्रिटिक्स अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2014/08/25
पूर्व घोषणा अनुसार चलचित्र समिक्षक समाजले ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’ वितरण गरेको छ । अनामनगर स्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले विजेताहरुलाई अवार्ड हस्तान्तरण गरे ।
 
 
 
२०७० सालमा प्रदर्शन भएका ९७ फिल्म मध्ये  सात विधामा वितरित अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड 'बधशाला'लाई दिईयो । यही फिल्मबाट शैलेन्द्र डि. कार्कीले उत्कृष्ट छायाँकारको अवार्ड पाए ।  ‘मोक्ष’बाट कोशिश क्षेत्रीले उत्कृष्ट अभिनेताको अवार्ड थापे भने ‘उमा’बाट रिचा शर्माले अवार्ड थापिन् ।
 
चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)ले वितरण गरेको पहिलो अवार्ड समारोहमा फिल्म ‘साँघुरो’का लागि निर्देशनमा जोयस पाण्डे र पटकथामा विनोद पौडेलले अवार्ड थापे । उत्कृष्ट सम्पादनमा ‘कर्कश’का लोकेश बज्राचार्यले अवार्ड पाए ।
 
 
 
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले कलाको विकासमा समिक्षकको भूमिका महत्वपूर्ण हुने धारणा राखे । ‘पछिल्ला फिल्मको भाषा मात्र होइन कथा र संस्कृति पनि नेपाली हुन थालेको छ ।  यो सकारात्मक पक्ष हो,’ रिजालले भने । यस्तै उनले फिल्म निर्माणमा आएको बाढि कम हुनुपर्ने धारणा राखे । 
 
फिक्सन अध्यक्ष यज्ञशले यो अवार्ड निरन्तर रूपमा गर्दै जाने बताए । 'आफ्नै कथा र संस्कृति बोेकेका फिल्मलाई प्रोत्साहन गर्न अवार्डका थालनी गरेका हौं,’ यज्ञशले भने । उनले समिक्षकको क्षमता अभिवृद्धी गर्ने कार्यशाला गर्ने र भदौ २३ देखि ‘मण्डे मुभिज’ शीर्षकमा हरेक सोमबार मण्डला थिएटरमा विश्वभरिका फिल्म हेर्ने कार्यक्रम सुरु गर्न लागेको जानकारी गराए ।
Most Visited News (monthly)