
फिल्म ‘झिग्राना’ को पहिलो प्रोमो सार्वजनिक गरिएको छ । खप्तडको झिग्राना बस्तीको सत्य घटना माथि फिल्म ‘झिग्राना’ आधारित छ ।

अर्को दुःखद खबर । निर्देशक भद्र भुजेललाई पत्नी शोक परेको छ । निर्देशक भुजेलकी ३३ वर्षिय पत्नी राधाको आईतबार निधन भएको छ ।

चालकलाई सवारी विस्तारै हाँक्न अनुरोध गर्दै सडकका घुम्ती घुम्तीमा ‘नागबेली’ पोस्टर्स टाँसेको ‘नागबेली’ युनिट शनिबार भने बाग्मती किनारामा सफा गर्दै भेटियो । असार २७ गतेदेखि नेपाल भरका हलबाट प्रदर्शनमा आउने ‘नागबेली’ युनिटले सामाजिक कार्यसँग जोडिर फिल्मको प्रचार प्रसारलाई जोड दिइरहेको छ ।


बर्ष ०७१ को शुरूवातमा प्रदर्शन भएका 'नोभेम्बर रेन' र 'कबड्डी' फिल्म बाहेक अन्य फिल्म चलेनन् । फिल्म नचलेपनि बर्ष ०७१ मा सेलिब्रेटीका बिहे भने चलेका छन् । लाग्छ ०७१ साल फिल्म हैन बिहे चल्ने बर्ष हो ।

अभिनेत्री मिथिला शर्मा र पूर्व आइजिपी मोतिलाल बोहोराबिच बिवाह भएको छ । ५ दशक उमेर बिताईसकेकी मिथिलाको ७५ बर्षिय पूर्व आईजिपी मोतीलालसँग प्रेम पश्चात बिबाह भएको हो ।

