मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

जीवनले ढाकाटोपी लगाईदिंदा नीताले बाँडिन् सारी

फिल्मीखबर, काठमाण्डौ, 2014/08/27
तीजकोे छेको पारेर नेपाली फिल्मका तीन कलाकार एक सेवा सदनमा भेटिए । विगत २ दिनदेखि फिल्म ‘भुलभूलैया’ छायांकन भैरहेको स्थान 'निःसहायक सेवा सदन’मा रहेका वृद्धावद्धाहरुलाई तिनै कलाकारहरूले कपडा वितरण गरे । 
 
 
 
फिल्मका अभिनेता जीवन लुईंटेलले सो सेवा सदनमा रहेका वृद्धाहरुलाई ढाकाटोपी पहिराइदिए भने अभिनेत्री नीता ढुंगाना र अर्का कलाकार सोहित मानन्धरले वृद्धाहरुलाई सारी वितरण गरे ।
 
पर्वको अवसरमा पाएको यस्तो सहयोगबाट सदनमा रहँदै आएका बृद्धबृद्धाहरु निकै खुसी देखिए । उनीहरूले कलाकारहरूलाई आशिर्वाद दिए भने फिल्मको सफलताको पनि कामना गरे । यता कलाकारहरूले पनि आफ्नो हातबाट सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । 
 
तीजको छेकोमा वृद्धावृद्धाहरुलाई कपडा र ढाकाटोपी वितरण गरेको निर्देशक योगेश घिमिरेले जानकारी दिए । विगत २० दिनदेखि छायाँकनरत प्रेम कथानक फिल्म 'भुलभुलैया' दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा बन्दैछ ।