Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

`फरक नभए फिल्म नै गर्दिन` : ऋचा शर्मा

फिल्मीखबर, काठमाण्डौ, 2014/08/27
पहिलो फिल्म 'फस्ट लभ'मा प्रेमिकाको भूमिका निर्वाह गरेकी अभिनेत्री ऋचा शर्माले अहिलेसम्म जति फिल्म गरिन् ति सबैमा फरक भूमिका रहेको बताईन् । 'म फरक भूमिका नभए फिल्म गर्न झट्ट राजी हुन्न', सोमवार 'उमा' फिल्मबाट क्रिटिक्स अवार्ड थापेकी ऋचाले भनिन्, 'फरक गर्न चाहने भएर पनि होला संख्यात्मक रूपमा मेरा फिल्म कम छन् तर सम्झन लायक छन् ।'
 
आज बुधबारबाट पोखरामा छायाँकन शुरू भएको फिल्म 'को आफ्नो'मा पनि बिल्कुलै फरक भूमिका रहेको बताउने ऋचाले कथावस्तुदेखि आफ्नो भूमिका नयाँं र फरक भएकाले काम गर्न तयार भएको सुनाईन् । 'लुट'मा छोटो मिठो भूमिका निभाएकी ऋचाले 'मेरो लभ स्टोरी', 'हाइवे', 'उमा', 'भिसा गर्ल' जस्ता फिल्मबाट फरक भूमिका मार्फत दर्शकको मन जितिसकेकी छिन् । 
 
'को आफ्नो'बाट पनि दर्शकको मन जित्न कोसिस गर्नेछु,' ऋचाले भनिन्, 'यो मेरोलागि निकै च्यालेञ्जिङ भूमिका हो ।' अमेरिकामा बस्दै आएका अनिल थापाको लेखन, निर्माण तथा निर्देशन रहेको 'सोसल ड्रामा' फिल्ममा आफूले निर्वाह गर्न लागेको भूमिकाका बारेमा धेरै बोल्न नमिल्ने ऋचाले बताईन् ।
 
अधिकांश सुटिङ पोखरामा नै हुने भनिएको 'को आफ्नो'मा ऋचासँगै प्रियांका कार्की, सुवास थापा, शुशांक मैनाली, राजन खतिवडा, सुलक्षण भारती, शान्ति गिरीलगायतको अभिनय रहने छ । फिल्मलाई शैलेन्द्र डि कार्कीले खिच्दै छन् ।
Most Visited News (monthly)