मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`फिल्म निर्देशन गर्ने हिम्मत गर्दिन` : दीपकराज गिरी

फिल्मीखबर, काठमाण्डौ, 2014/08/27
फिल्म 'छ एकान छ'बाट निर्माता बनेका दीपकराज गिरीले आफू फिल्म निर्देशक बन्ने आँट नगर्ने बताएका छन् । 'चक्लेट' फिल्मको प्रेसमिटमा अथिती बनेर पुगेका दीपकले भने, 'निर्देशकको जिम्वेवारी वहन गर्ने बलियो काँध मसँग छैन ।' 
 
आफ्नै सहकर्मी निर्मल शर्मा 'गैंडा'ले 'चक्लेट'को निर्देशन गर्न लागेकोमा खुसी व्यक्त गर्दै ठट्याउली पारामा भने, 'निर्मलजीको काँध बलियो रै'छ तर मेरो काँध त्यति बलियो छैन ।' फिल्म निर्देशन गर्ने काम सबैभन्दा गार्‍हो भएकाले र निर्देशनको काँधमा धेरै जिम्वेवारी पर्ने हुनाले त्यसबाट तर्किन खोजेको उनको आशय थियो । 
 
उनले निर्देशन बाहेकका अन्य बाँकि सबै काम भने गर्ने बताए । 'लेखक, निर्माता, अभिनेता बन्छु तर निर्देशक बन्दिन,' गिरीले भने, 'निर्देशन नै गर्न नसक्ने भन्ने हैन । मात्र यो जिम्वेवारीबाट टाढा रहेर फिल्म मेकिङ गर्न चाहेको मात्र हो ।' 
 
दीपकले विगत लामो समयदेखि 'तीतो सत्य' नामक हाँस्य टेलिफिल्म निर्देशन गर्दै आएका छन् । अब बन्ने नयाँँ फिल्म 'वडा नम्बर छ'को निर्देशनको जिम्मा पनि अरूलाई नै दिने उनले बताए । 
 
दीपकको नयाँँ फिल्मको निर्देशक को होला त ? उनले भने, 'सकेसम्म नयाँँ प्रतिभालाई मौका दिन्छु । यदि भनेजस्तो पाईन भने २/४ वटा फ्लप फिल्म बनाएको निर्देशकलाई दिन्छु ।' फिल्म 'छ एकान छ'का निर्देशक दिनेश डिसीको सम्भावना भने न्यून रहेको उनले खुलाए ।