Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17515 - 17520 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-13, आईतवार

भदौ ६ गते अल नेपाल प्रदर्शनमा आउने हेमराज विसी निर्देशित दोश्रो फिल्म ‘सम्बोधन’ सुरुमै सम्बोधन थिएन । हेमराजले ‘जिन्दावाद’बाट ‘सम्बोधन’ नामाकरण गरेका हुन् । आखिर किन गरियो पोष्ट प्रोडक्सनमा आएर फिल्मको नाम परिवर्तन ? 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-12, शनिवार

असहाय बृद्धा र अनाथ बालबालिकाहरूलाई आश्रय दिंदै आएको 'आमाघर'लाई शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'नागबेली'ले आर्थिक सहयोग गरेको छ । आमाघरकी सञ्चालक दिलशोभा श्रेष्ठलाई फिल्म निर्माण युनिटले आर्थिक सहयोग स्वरूप रू ३७ हजार हस्तान्तरण गर्‍यो ।

रेम बिक, पोखरा, 2014-07-12, शनिवार

नेपाली फिल्म ‘धौली’को शनिबारदेखि पोखरामा छायाँकन शुरु भएको छ । शनिबार विहान शुभमुर्हत गरि फिल्मको छायाँकन शुरुवात भएको हो । शुभमुर्हतमा अभिनेता गजित विष्ट र अभिनेत्री अनु शाहले सट दिएका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-12, शनिवार

निर्देशक सुदर्शन थापा हिरो भएको फिल्म 'अझै पनि'ले प्रदर्शन मिति तोकेको छ । आलोक नेम्वाङ निर्देशित यो फिल्म फागुन १५ गते अल नेपाल प्रदर्शन हुनेछ । होली लक्षित यो फिल्म वितरणको जिम्मा एफडी कम्पनीले लिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-12, शनिवार

आज (असार २८ गते) गुरु पूर्णिमा । अनामनगरस्थित मण्डला नाटक घरको प्राङगनमा वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल आफ्ना चेलाहरुबाट घेरिएका थिए । चेलाहरुलाई टिका लगाइदिन र उपहार थाप्न सुनिललाई भ्याइनभ्याइ नै थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-12, शनिवार

अभिनेता श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का हनिमुन मनाउन भारतको हिमाञ्चल प्रदेश स्थित सिम्ला पुगेका छन् । साथीहरुको आग्रहमा श्रीले आफ्नो हनिमुन मनाउने योजनामा सिम्लाका लागि तय गरेको बताईएको छ ।

Results : 17515 - 17520 of 24017