Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`भैरव` बनाउन सर्लाही हिंडे निखिल

फिल्मीखबर, काठमाण्डौ, 2014/09/06
कुनै समय नेपाली फिल्म क्षेत्रमा राज गरेका अभिनेता निखिल उप्रेती केही बर्ष हराए । मुम्बईमा संघर्ष गरेपश्चात उनी पुन: नेपाली फिल्मा क्षेत्रमा फर्किंदै छन् । तर उनको परिचय भने फेरिने भएको छ । 
 
अभिनेताको ताज पहिरेका निखिल अब निर्माता र निर्देशक पनि बन्दै छन् । भोली आईतवारबाट सर्लाहीको मलंगवामा फिल्म `भैरव`को सुटिङ गर्न निखिल आफ्नो टिम लिएर आज त्यता प्रस्थान गर्दैछन् । 'दसैंं अगाडीसम्म सर्लाहीमा सुटिङ गरेर काठमान्डौ फर्कन्छौं', निर्देशनमा डेब्यू गर्न लागेका निखिलले बाँकी सुटिङ काठमान्डौमा गर्ने बताए ।
  
नेपाल र भारतको सिमाना र प्रहरी प्रशासनको कथा उठाएको 'भैरव'मा निखिलले मुख्य भूमिका निर्वाह गर्दैछन् । फिल्ममा अनु शाह, मुरलीधर, नागेन्द्र रिजाल, रविन होडा, केशव राई लगायतले पनि अभिनय गर्दैछन् । अभिनेत्री रेखा थापाले एउटा आईटमा गीतमा कम्मर मर्काउने भएकी छिन् । 
 
नवराज कृष्ण थापाले खिच्ने यो फिल्ममा हिमाल केसीको द्धन्द निर्देशन रहने छ । फिल्मको कथा निखिल स्वयंले लेखेका हुन् । अभिनेता मात्र रहेका निखिल यसरी थुप्रै बिधामा डेब्यू गर्दा फिल्म कस्तो बन्ला ? केहि बर्ष हराएका निखिललाई दर्शकले स्विकार्लान् ? प्रतिक्षा गरौं । 
Most Visited News (monthly)