

अभिनेत्री प्रियंका कार्की र बाल अभिनेता अनुभव रेग्मीको दोस्तीको चर्चा नयाँ होइन । यी दुईको दोस्ती कुनै प्रेम जोडीको भन्दा कम छैन । भर्खरै सात वर्षमा टेकेका अनुभव प्रियंकालाई आफ्नो प्रेमिका ठान्छन् । प्रियंका पनि अनुभवलाई खुवै माया गर्छिन् ।

'नोटबुक' फिल्म निर्देशक योगेश घिमिरे आफ्नै निर्माण कम्पनी मार्फत अर्को फिल्म निर्देशनमा उत्रिएका छन् । अरूष इन्टरनेश्नलको व्यानरमा योगेशले निर्देशन गर्ने फिल्मको नाम 'भुल भुलैया' जुराईेको छ ।

केही समय अघि अभिनेत्री नम्रता श्रेष्ठ र र्यापर आशिष राना ‘लाउरे’ बिच प्रेम रहेको चर्चा खुवै चल्यो । नम्रता पोखराको सुटिङमा रहेका बेला ‘लाउरे’ सुटिङ स्पटमै भेट्न गएको तस्बिर सार्वजनिक भएपछि ‘ताण्डव’ जोडी बिच पक्कै पनि प्रेम हुन सक्ने धेरैले अड्कल काटे ।

भोजपुरी फिल्मको नेपाली डविङ गरेर प्रदर्शनमा ल्याउने तयारी भैरहेको बिराज भट्ट अभिनित फिल्म ‘ज्वाला’ को चलचित्र जाँच पास समिति सेन्सर वोर्डले तत्कालिन प्रदर्शनमा रोक लगाएको छ ।

फिल्म ‘ताण्डव’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको यो फिल्मको ट्रेलरले फिल्म ‘छड्के’ र फिल्म ‘मुखौटा’ को झल्को दिन्छ । तराई भेगमा हुने हतियारको प्रयोग र त्यसले निम्त्याउने जोखिमलाई ‘ताण्डव’ मा देखाइएको छ ।

