

बर्ष ०७० सालको अन्त्यमा रिलिज भएको फिल्म 'नाईं नभन्नु ल २'ले ५१ औं दिन मनाएको सफलताको खुसी साटेको छ । बिहीबार राजधानीमा एक समारोहका विच निर्माण कम्पनीले निर्माण युनिट तथा सञ्चारकर्मीमाझ फिल्मले पाएको सफलताको खुसी साट्यो ।

फिल्म ‘नागबेली’ को प्रिमियर गरिएको छ । विश्वकपको ह्याङ अनि बिहानी शोले गर्दा सबै आमन्त्रित पाहुना भने प्रिमियर शोमा देखिएनन् । कमलपाखरीस्थित कुमारी हलमा बिहान ९ बजे गरिएको नागबेलीको प्रिमियरमा फिल्म युनिट, फिल्मकर्मी र सञ्चारकर्मीको सिमित उपस्थिति थियो ।


इच्छा र गन्तव्यको कथा बोल्ने फिल्म 'साइकल'ले युनिभर्सल सर्टिफिकेट पाएको छ । संगीतकार राजेन्द्र श्रेष्ठद्धारा निर्मित यस फिल्मलाई सेन्सर बोर्डले फिल्म हेरेपश्चात 'यू' सर्टिफिकेट दिएको हो ।

रातभर फुटबलमा गोल भन्दै चिच्याएकी केकी अधिकारी बुधबार दिनभर स्टुडियो साउण्ड डिजाईनमा चिच्याएकै अवस्थामा भेटिईन् । पोस्ट प्रोडक्सनमा रहेको फिल्म 'श्री ५ अम्बरे'को डबिङ गर्दा केकी आफ्नो चरित्रमा चिच्याएकी हुन् ।

