Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

कार्तिक १४ गते `टलकजंग भर्सेस टुल्के`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/05
'लुट’ निर्देशक निर्देशक निश्चल बस्नेत निर्देशित दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने भएको छ । रविन्द्रसिंह बाँनिया निर्मित यो फिल्म लामो समयको पर्खाई पश्चात रिलिज हुन लागेको हो ।    
 
शशस्त्र द्धन्द्ध कालको विषयलाई मुख्य रुपमा उठान गरिएको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ मा खगेन्द्र लामिछाने, ऋचा शर्मा, शुशांक मैनाली, रबिन्द्र सिंह बानियाँ, प्रकाश घिमीरे, रजनी गुरुङ, बुद्धि तामाङ, राज थापा, जुनु विष्ट लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको पटकथा कलाकार लामिछाने स्वयमले तयार गरेका हुन् । 
 
पोखराको एक बस्तीमा छायाँकन गरिएको ‘टलकजंग भर्सेस टुल्के’ षट्कोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त व्यानरमा बनेको हो । निश्चलको पहिलो निर्देशकिय फिल्म 'लुट'को अपार सफलता र निर्माण तथा अभिनय गरेको फिल्म 'कबड्डी'को सफलताका कारण पनि टलकजंग भर्सेस टुल्के’ प्रतिक्षित छ ।
Most Visited News (monthly)