नेपाली फिल्मका कलाकारलाई अमेरिका प्यारो हुनु कुनै नौलो कुरा होइन । अमेरिका भनेपछि सपनाको देश नै सोच्नेहरु पनि छन् । अभिनेता जीवन लुइटेल पनि यो कुरामा अछुतो रहन सकेनन् ।
३ दिनका लागि अभिनेता लुइटेल शुक्रबार बेलुकी अमेरिका हानिएका छन् । उनी फिल्म 'भुलभूलैया' र 'काफल पाक्या'को छायांकन विचमै छोडेर अमेरिका हानिएका हुन् । अमेरिकामा हुन लागेको फिल्म 'ठूली'को प्रिमियरमा सहभागी भएर जीवनले सम्मान थाप्ने बुझिएको छ । जीवन भदौ २५ गते नेपाल फर्कने बताइएको छ ।
फिल्म 'भुलभूलैया'को एक गीत र 'काफल पाक्यो'को छायांकन छोडेर जीवन अमेरिका उडेपछि यि फिल्मका निर्मातालाई ठूलै घाटा लाग्ने देखिन्छ । केहि दिन अगाडी मात्रै जीवन सुटिङ छाडेर मुम्बई गएका थिए । यसरी बारम्बार सुटिङ छाडेर हिंड्दा जीवन फिल्मप्रति गैर्हजिम्वेवार भएको टिकाटिप्पणी हुन थालेको छ । अमेरिकाको मोहले तानेपछि कसको के लाग्छ र ?

