
अमेरिकी दुतावासले नेपाली कलाकरलाई भिसा दिन कडाइ गरिरहेको बेला निर्माता तथा अभिनेता निरज बराल भने पत्नी सहित अमेरिका उडेका छन् । निरज यही जुलाइ ३१ तारिखमा (साउन १५ गते) पत्नी सहित फिल्म ‘स्टुपिड मन’ प्रिमियरमा गर्न अमेरिका उडेका हुन् ।

अभिनेत्री प्रियंका कार्की हरेक फिल्ममा आफ्नो भूमिकालाई विविधता दिने बाटोमा छिन् । हट नायिका प्रियंका कार्कीले फिल्म ‘नाईं नभन्नू ल २’ मा आमाको भूमिका निभाइन् । सामान्यतया जवान हिरोइन आमाको भूमिका गर्न रुचाउन्नन । तर प्रियंकाले भूमिका स्विकारिन मात्र उनको भूमिकालाई रुचाइयो पनि ।

फिल्म ‘झोले’ को विदेशका विभिन्न शहरमा शो हुने भएको छ । अगस्ट महिनादेखि डार्क कमेडी फिल्म ‘झोले’ को युके र युरोपका विभिन्न शहरमा शो हुनेछ । ‘झोले’ लाई लिएर दर्शना आर्टस्का सिइओ सुरेश दर्पण पोखरेल आउँदो अगस्ट २ तारिखका दिन युके उड्दैछन् ।

अभिनेत्री निशा अधिकारी अभिनित फिल्महरुले व्यवसायिक सफलता पाउन सकिरहेका छैनन् । निशा अभिनित ‘फस्ट लभ’ मात्रै व्यवसायिक सफल फिल्म हो ।

अभिनेत्री नम्रता श्रेष्ठले सय जना युवालाई दस दिने चुनौतिका लागि अगाडि आउन आग्रह गरेकी छिन् । बिहीबार शिक्षा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा नेपालको सद्भावना दुत नायिका नम्रता श्रेष्ठले ‘१०० जना युवाहरुलाई १० दिने चुनौति’ नामक अभियानको घोषणा गर्दै किताब संकलन गर्ने चुनौतिका लागि अग्रसर हुन आग्रह गरिन् ।

विकास आचार्य कृत ‘नाइँ नभन्नू ल २’ मा सह नायिकाको भूमिका निभाएकी वर्षा सिवाकोटी फिल्म ‘रामलीला’मा शीर्ष भूमिकामा देखिने भएकी छिन् । उनले फिल्ममा लिलाको भूमिकामा अभिनय गर्नेछिन् । आरविके शरदले निर्देशन गर्ने फिल्म ‘रामलीला’ मा रामको भूमिका भने जिवन लुइँटेलले गर्नेछन् ।

