
‘मलाई हिजोआज चोली गायिका भन्न थालेका छन्’ फिल्म ‘लुट’ को गीत उध्रेको चोली गाएकी इन्दिराले भनिन्, ‘यो गीत गाउँदा ममाथि धेरै आरोप लागे । म आलोचना सहेर बसिरहेकी छु ।’ मन्डला थिएटरमा आयोजित चिया गफमा गायिका जोशीले यस्तो भनाई राखेकी हुन् । चिया गफमा नेपाली संगीतको अवस्था माथि भएको बहसका क्रममा जोशीले यस्ता धारणा राखेकी हुन् ।

पहिलो पटक फिल्म निर्माणमा हात हालेका अभिनेता निरज बरालले आफ्नो फिल्म ‘स्टुपिड मन’ ले नाफाको व्यापार गर्ने आशा व्यक्त गरेका छन् । अगस्ट २ मा अमेरिकास्थित क्यालिफोर्निया शहरमा सम्पन्न ‘स्टुपिड मन’ को प्रिमियरमा निर्माता तथा अभिनेता बरालले यस्तो आशा व्यक्त गरेका हुन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठलाई निमोनिया भएको पुष्टि भएको छ । निमोनिया भएपछि भारतस्थित दिल्लीको एक अस्पतालमा थप उपचार भईरहेको श्रीकृष्णका भिनाजु चन्द्र प्रसाद श्रेष्ठले एक रेडियो अन्तर्वातामा खुलाएका छन् ।

नेपाल नृत्यकार संघले गर्न लागेको सिने अवार्ड ‘डिसिए’ को उत्कृष्ट पाँचमा पर्ने कलाकार तथा प्राविधिकको मनोनयन सार्वजनिक गरिएको छ । एक औपचारिक कार्यक्रम गर्दै आइतबार उक्त मनोनयन सार्वजनिक गरिएको हो ।

आरबिके शरद खत्री निर्देशित फिल्म ‘शीशा’ आउँदो शुक्रबारदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । मान्छेको जिवनलाई शीशासँग तुलना गरिएको यो फिल्मको प्रचार प्रसारमा कलाकारको साथ छुटेको छ । गत साता सम्पन्न फिल्म ‘शीशा’ को प्रेसमिटमा फिल्मका दुवै हिरोइन उमा बेबी र रागिनी खड्गी उपस्थित थिएनन् ।

रेश मरहठ्ठाले तामझामका साथ निर्माण गरेको फिल्म ‘च्यालेन्ज’को सुटिङ पूरा भएको चार वर्ष भन्दा बढी भईसक्यो तर फिल्म अहिलेसम्म पनि पोष्ट प्रोडक्सनबाट बाहिर निस्कन सकेको छैन । कहिले गीत चित्त नबुझेको त कहिले सुटिङ गरिएका दृश्य चित्त नबुझेको भन्दै रेशले फिल्म रिलिजको चाँजो पाँजो मिलाउन सकेका छैनन् ।
त्यसो त रेशको ‘च्यालेन्ज’ मात्र होइन धेरै सिनेमा सुटिङ सकिएर पनि अन्य कुराको व्यवस्थापन गर्न नसक्दा धेरै सिनेमा हलसम्म आईपुग्न पाएका छैनन् । यसरी अडकिएका सिनेमामा चर्चित निर्देशकका फिल्मदेखि नब निर्देशक फिल्म सम्म परेका छन् ।

