फागुन ११ मा रिलिज हुने फिल्म ‘अझै पनि’को टिम प्रचारको लागि फेशन नाइट शोमा पुगेको छ । ‘हाम्रै समाजको यूवतीहरुको कथा फिल्मले बोल्छ’, निर्देशक नेम्वाङले स्टेजबाटै भने– ‘त्यसैले तपाईहरु सबै फिल्म हेर्न आउनुहुनेछ भन्ने अपेक्षा राखेका छौं ।’

फेशनको शोमा 'अझै पनि' निर्मात्री पुनम गौतमले आफ्नै कष्ट्युम डिजाइनमा मोडललाई र्याम्पमा उतारेकी थिइन् । पुनमले अभिनेत्री गौरी मल्ललाई पनि स्टेजमा निम्त्याएकी थिइन् । त्यस्तै टेन्जिङ याङ्गकाईले पनि आफ्नो समूहलाई र्याम्पमा उतारिन् । ‘ड्रेसहरु विभिन्न तरिकाबाट डिजाइन गरिएपनि यसलाई सबैले लाउन सक्छन् र सिम्पल हुन्छ भन्ने मेरो थीम हो’, फेशन डिजाइनर पुनमले बताइन् ।

रियाज म्यूजिकसंगको सहकार्यमा नभयता म्यागाजिनले शुक्रवार राती गरेको 'नभयता फेसन्स नाईट आउट'मा निर्देशक आलोक नेम्वाङ् तथा मुख्य कलाकारहरु सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त सहित निर्मात्री पुनम गौतम उपस्थित थिए ।
राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा संगीत महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी लगायतले दिएका छन् । सुदर्शन थापा प्रडक्शन र पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले बनाएका हुन् ।

