Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17419 - 17424 of 24017
फिल्मीखबर, काठमाठौं, 2014-07-31, बिहिवार

नायक जिवन लुइँटेल फिल्म ‘शीशा’को प्रेसमिटमा परिचय विपरित प्रस्तुत भए । बागबजारस्थित एक भवनमा आयोजित प्रेसमिटमा नायक लुइँटेलले कविता वाचन गरेनन् । सदा पत्रकार भेटघाटमा कविता फुराउने जीवनले यहाँ भने शीशाकै ‘मखमली नयनसँगै’ बोलको गीत गाएर सुनाए । यद्यपि प्रेस मिटमा जिवनलाई कविता सुनाउने आग्रह थियो ।

फिल्मीखबर, काठमाडौं, 2014-07-31, बिहिवार

नेपाली फिल्ममा नन्दिता केसीको परिचय शालिन युवतीको भूमिका निभाउने युवतीको रुपमा स्थापित छ । फिल्ममा उनले विरलै भद्वा र उत्तेजक भूमिका निर्वाह गरेकी छिन् । तर करियरको उत्तराद्र्वमा आएर सायद यो छवि तोड्ने ध्याउन्नमा छिन् । त्यही भएर होला आफ्नो एक दशक लामो फिल्म करिअरमा अभिनेत्री केसी पहिलो पटक आइटम गीतमा प्रस्तुत भएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2014-07-31, बिहिवार

‘राजनीति’ अभिनेत्री कोमल वलीको बिहेको बेला घर्की सक्यो । यद्यपि कोमल आफूले गाउने गीतमा प्रेम र विवाहका प्रसङ्ग उक्काउन छोड्दिनन् । यो कुराको निरन्तरता उनले आफ्नो नयाँ गीतमा पनि दिएकी छिन् ।  यो वर्षको तीजमा आउने ‘हल्ला भो शिवजी तिम्रो मेरो माया प्रेमको’ बोलको गीतमा पनि उनले शिवजीसँग प्रेम परेको प्रसङ्गलाई उल्लेख गरेकी छिन् । ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-30, बुधवार
भाद्र २० गते रिलिज हुन लागेको फिल्म 'स्टुपिड मन'को यतिबेला निकै चर्चा छ । संगीतका कारणले पनि यो फिल्मले मिडियामा आफ्नो हक जमाएको छ । सार्वजनिक भएका दुई गीत रूचाईएपछी फिल्म निर्माण टिमले अर्को गीत रिलिज गरेको छ । 
 
फिल्मीखबर, दोहा, 2014-07-30, बुधवार

कतारमा आयोजना भएको ‘मेघा कन्सर्ट’मा गायक शिव परियारले आफू अपमानित भएको बताएका छन् । शिवले व्यवस्थापनमा चर्को लापरवाही भएको भन्दै कार्यक्रममा आफूले अपमानित महशुश गरेको बताएका हुन् । 

मणिराज गौतम, हेटौंडा, 2014-07-30, बुधवार

लामो समयदेखि मुम्बई शहरमा क्लाउन थियटर गरेर अभ्यस्त भएका कलाकार बिशारथ बस्नेतलाई अब नेपाली फिल्मको पर्दामा देख्न पाईने भएको छ । बस्नेतले फिल्म 'ताण्डव'बाट नेपाली फिल्ममा फड्को मारेका हुन् ।   

Results : 17419 - 17424 of 24017