
जीवन लुईंटेल आजभोलि तनावमा छन् । तनावको कारण बनेका छन् आफ्नै फिल्म । आफू अभिनित सबै फिल्म एकै साथ रिलिज हुन लागेकाले जीवनको तनाव बढेको हो ।

साउनको सोमबारे व्रत विशेषगरी पतिको दीर्घायुको लागि वस्ने प्रचलन छ । ‘नारी पुरुष एकै हुन्’ भन्ने नारा गुञ्जिने शहरमा पत्नीका लागि साउने व्रत बस्ने प्रचलन भने छैन । आखिर किन पुरुष चैं महिलाका लागि ब्रत बस्दैनन् ?

‘होस्टेल’ डेव्यु निर्देशक हेमराज विसीले निर्देशन गरेको दोश्रो फिल्म ‘सम्बोधन’ आउँदो भदौ ६ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । पहिलो फिल्म ‘होस्टेल’ मा युवा पुस्ताको विषयलाई उठाएका निर्देशक विसीले ‘सम्बोधन’ मा भने राष्ट्रियता र राजनीतिक विषयलाई उठाएका छन् ।

मेकअप आर्टिस्ट विपना बस्नेतकी छोरी रिस्ता बस्नेतलाई फिल्म नगरीमा यतिबेला राम्रो गर्ने बलियो सम्भावना बोकेको नव नायिकाको रुपमा हेरिएको छ । फिल्म ‘होस्टेल’ प्रदर्शन पश्चात् रिस्ताले चार वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।

नेपाली फिल्म 'अलबिदा'को युनिटले पनि मंगलबार एक आपसममा खुशी साटेर इद उल फित्र मनाए । 'अलबिदा'का निर्माता तथा अभिनेता हसन खनालए सोही फिल्मका अर्का अभिनेता आर्यन सिग्देलसँग आफ्नो दोस्तीलाई प्रगाढ बनाउँदै इद मनाए । आर्यनले आफ्न निकट साथी समेटा रहेका हसनलाई इदको शुभकामना दिए ।

फिल्मको व्यवसायिक बजार प्रचार प्रसारसँग प्रत्यक्ष जोडिएर आउँछ । फिल्मको विज्ञापन त्यतिबेला प्रभावकारी हुन्छ जतिबेला फिल्ममा अभिनय गर्ने कलाकारको प्रत्यक्ष सहभागिता हुन्छ । हलसम्म फिल्म हेर्न आउने दर्शक कलाकारसँगको साक्षत्कार हेर्न तथा सुन्न रुचाउँछन् ।

