संचारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म 'एउटा साथी'को गीत सार्वजनिक गरिएको छ । 'खाली खाली थियो मन' बोलको गीतमा अभिनेत्री अनु शाह र नयाँँ अनुहार जोन तामाङको अभिनय छ ।
आनन्द कार्की र सुधा रत्नले गाएको प्रस्तुत गीतका संगीतकार टंक बुढाथोकी हुन् भने करियोग्राफी रामजी लामिछानेले गरेका हुन् । राम खनाल र किशोर रूम्बाले निर्माण गरेको यो फिल्मा कार्तिक १४ गते रिलिज हुँदैछ ।

