Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ओस्कार अवार्डको मोहमा झरना !

फिल्मीखबर, काठमाण्डौ, 2014/09/26
अभिनेत्री झरना थापामा पनि ओस्कर अवार्डको मोहले छपक्कै छोएको छ । त्यसैले ‘ए मेरो हजुर २’ निर्देशन गर्ने सोचाइमा पुगेकी यी अभिनेत्री दुईवटा मैथिली फिल्म खेल्ने सुरसारमा लागेकी छिन् । 
 
बिहिबार बिराटनगरमा झरनाले अभिनय गर्ने २ मैथिली फिल्मको शुभमुहुर्त गरिएको छ । ‘अपन देश नेपाल’ र ‘माँ क दर्द’ नामक दुई मैथिली फिल्ममा झरना देखिन लागेकी हुन् । उनले फिल्मको बिषयवस्तु र मेकिङ नै ओस्कार लक्षित रहेको बताइन् । 
 
झरनालाई यो फिल्ममा विजय कामतले साथ दिनेछन् । राजु चौधरीको निर्देशनमा बन्न लागेको फिल्ममा राजमणी चौधरी, विजय कामत, भरत ठाकुरले लगानी गर्दैछन् । यो फिल्मलाई ४ महिनामा छायांकन सक्ने योजना निर्माणपक्षले जनाएको छ ।
Most Visited News (monthly)