'चपली हाइट'मा निक्कै हट अवतारमा देखिएकी अभिनेत्री बिनिता बराल त्यसपछि भने फिल्म क्षेत्रमा खासै चम्कन सकिनन् । उनका लागि फिल्मा नगरी भविष्य अगाडि बढाउने बाटो नभएपछि कृषि पेशामा लागिन् ।
उनै बिनिता यतिबेला अर्गानीक खेती र तरकारीको कुरा गरेर थाक्दिनन् । तर, बिहीवार आयोजना भएको एक कार्यक्रममा उनले कृषि पेशालाई साहित्यमा समेत जोड्न लागेको बताइन् । मिडिया इन्टरनेशनले आयोजना गरेको कार्यक्रममा उनले आफूले कृषि सम्बन्धी उपन्यास लेखिरहेको जानकारी दिइन् ।
बिनिताले उपन्यासको नाम उल्लेख गर्न नचाहेपनि यसैबर्ष बजारमा आउने जानकारी भने दिइन् । उनले कृषि पेशामा धेरै अप्ठ्यारा भएपनि नेपालको आर्थिक विकासको आधार यही नै भएको बताईन् । 'कहिले मल नपाइने त कहिले बजार, कृषकहरु यस्तै समस्याबाट पीडित छन्', बिनिताले कार्यक्रममा भनिन् ।

