रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपालीको हतियारधारी समूहद्वारा हत्या भएको घटनालाई लिएर निर्मित फिल्म '१२ नेपाली एक चिहान'को बिराटनगरमा रेड कार्पेट च्यारिटी शो हुने भएको छ ।
रोजगारीका क्रममा बिदेशमा मारिएका नेपालीहरूको सन्तानको अध्ययनका लागि छात्रवृति कोषको स्थापनार्थ च्यारिटी गर्न लागिएको हो । यहि असोज १५ गते फूलपातीका दिन बिहान ८ बजे बिराटनगरको हिमालयन टाकिजमा च्यारिटी गर्न लागिएको बिराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईयो ।
अरुण प्रधानले निर्देशन गरेको यो फिल्ममा अरुण प्रधानले निर्देशन गरेको यो फिल्ममा उत्तम जंग लिम्वु, जतिन ताम्राकार, राजन खतिवडा, रबिन्द्र झा, बिक्रम सिं, राम भजन कामत, सोनु जयन्ती, मिलन श्रेष्ठ, शुशिल थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई संगीता प्रधान, रविन श्रेष्ठ, रविन राई, भाईसन वर्देवाले निर्माण गरेका हुन् ।

