Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17431 - 17436 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-29, मंगलवार

फिल्म ‘ताण्डव’ फिल्मको प्रचार प्रसारमा केही भिन्न शैली अपनाइएको छ । ‘ताण्डव’ प्रचारको लागि निर्माता मोहन डोटेलले फिल्म ‘डिजिटल गेम’ लञ्च गरेका छन् । इन्टरनेट प्रयोगकर्ताले फिल्मबारे खाली ठाउँ राखिएका स्थानमा ड्रयाग राखेर सूचना भर्नुपर्नेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-29, मंगलवार

दुई पटक प्रदर्शन मिति धकेलिएको फिल्म ‘पुन्टे परेड’ को च्यारेटी शो गरिएको छ । क्रिटिकल केयर डेभलोपमेन्ट फाउन्डेसनले जय नेपाल हलमा फिल्म ‘पुन्टे परेड’ को साउन १२ गते साँझ च्यारेटी गर्यो । सुवास कोइराला निर्देशित फिल्म ‘पुन्टे परेड’ भदौ २७ गते नेपालभर प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-28, सोमवार

छविराज ओझाको ब्यानरमा नवल नेपाल निर्देशित फिल्म 'लज्जा'को रोमान्टिक गीत रिलिज गरिएको छ । उक्त गीतमा अभिनेता आर्यन सिग्देल र नव अभिनेत्री शिल्पा पोखरेलको अभिनय छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-28, सोमवार

अभिनेता दयाहाङ राई हरेक जसो फिल्ममा भिन्न भिन्न भूमिकामा प्रस्तुत हुने गर्दछन् । दयाहाङले ‘लुट’ को गोफ्लेदेखि ‘कवड्डी’मा काजी बनि दर्शक समक्ष फरक छाप छोडेका छन् । अब यी काजी साप फिल्म ‘सम्बोधन’ मार्फत गोले सरको भूमिकामा आउँदैछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-28, सोमवार

अभिनेता प्रशान्त तामाङ अभिनित प्रदर्शनमा आएको पहिलो फिल्म ‘गोर्खा पल्टन’ ले व्यवसायिक सफलताको तहल्का नै पिट्यो । फिल्म ‘गोर्खा पल्टन’ ले प्रशान्तको इन्डियन आइडलको क्रेजलाई तत्कालै क्यास गरेको थियो । त्यसपछि भने प्रशान्त अभिनित प्रदर्शनमा आएका दुई फिल्मले चर्चा र व्यापारमा सुख्खा लाग्यो 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-28, सोमवार

फिल्म ‘नाइके’ को स्वराङ्कन (डबिङ ) सुरु भएको छ । अनामनगरस्थित एफडि स्टुडियोमा कलाकारद्धय आर्यन सिग्देल र रेम विकले फिल्म ‘नाइके’ को स्वराकङ गरे । एक सातामा फिल्मको पुरै स्वराङ्कन सकिनेछ ।

Results : 17431 - 17436 of 24017