Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रचण्डकी नातिनीलाई फुर्काउँदै भुवन केसी

फिल्मीखबर, काठमाण्डौ, 2014/09/26
भुवन केसी एक सफल कलाकार हुन् । साथमा, उनी नेकपा एमालेका कार्यकता पनि । दोश्रो संविधान सभाको चुनावमा एमालेले उनलाई केही घण्टाका लागि उम्मेदवार बनायो । उम्मेदवारी पाउने र खोसिने कारणले भुवनको चर्चा निक्कै भयो ।
 
तर, उनी काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा एकिकृत नेकपा माओवादीका नेतामाझ देखिए । उसो त कार्यक्रममा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पनि थिए । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको स्मिता २ नामक एल्बम बिमोचनमा भुवन केसी पुगेका थिए । 
 
स्मिताले कार्यक्रममा २ गीत गाएपछि भुवन एकाएक प्रभावित भए । उनको चाहना स्मितालाई आफ्नो नयाँ फिल्ममा गीत गाउन दिने थियो । भुवनले अफर पनि गरे । स्मिताले भुवनको प्रस्तावलाई स्विकार गरिसकेकी छैनन् । तरपनि, प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य किरण जस्ता नेताहरु उपस्थित भएको कार्यक्रममा भुवनले स्मिताको प्रशंसा गरेर आफ्नो दरिलो उपस्थिती भने जनाए ।
 
स्मिताको स्वरबाट एकैछिनमा प्रभावित भएका भुवनले आखिर नयाँ फिल्ममा उनलाई गीत गाउन दिने चाहना तुरुन्तै देखाएर प्रचण्ड र एकिकृत नेकपा माओवादीका नेताको मन जित्न त खोजेका हैनन् ? कार्यक्रममा गाइगुइ सुनियो । अब प्रचण्डकी नातिनीले भुवनको नयाँ फिल्ममा गीत गाउँछिन् या गाउँदिनन् समयले नै बताउला । 
 
तर, प्रचण्डको अगाडी नातिनीलाई फिल्ममा भित्राउने श्रेय लिएर भुवन कस्तो चाल चल्दैछन्यो ? सोचनिय नै छ ।
 
Most Visited News (monthly)