मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

खै त विकल्प ?

फिल्मीखबर, काठमाण्डौ, 2014/09/30
दैनिकजसो समाचारमा छाउने कलाकार र फिल्मको पर्दामा देखिने अनुहारमा खासै नयाँपन छैन । फिल्म बनाउनेहरुका लागि कलाकारको रोजाइमा समेत खासै धेरै विकल्प देखिदैन ।
 
राजेश हमाल, निखिल उप्रेती, विराज भट्टपछि फिल्म क्षेत्रमा नयाँ हिरोहरुको उदय गतिलो तरिकाले नहुँदा निर्माता तथा निर्देशक सिमित अनुहारमा घेरिन वाध्य छन् । निर्माता तथा निर्देशकको रोजाइमा यतिबेला नायकद्धय जीवन लुइटेल र आर्यन सिग्देल मात्र पर्दछन् । यसपछिको तेश्रो व्यक्ती खोइ त ? लामो समय घोत्लन पर्ने हुन्छ । 
 
यसैले पनि होला यतिबेला आर्यन र जीवनका आधा-आधा दर्जन फिल्म यसैबर्ष प्रदर्शनमा आउनेछन् । दुबै हिरो सवैभन्दा बढी व्यस्त छन्, अन्यका लागि फिल्म खेल्नु नै गर्व गर्न लायक मात्र भएको छ ।
 
हिरो बन्ने धुनमा आउने सयौं मध्ये केहीले लगानी गरेर त केहीले विभिन्न कारणले काम पाएका छन् । तर, लामो समयसम्म कोही पनि नटिक्दा फिल्म क्षेत्रमा हिरोहरुको विकल्प देखिन छोडेको छ ।
 
 
नायिकाहरुको सवालमा पनि खासै भिन्नता देखिदैन । रेखा थापाले अन्य ब्यानरका फिल्म खेल्न छोडेपछि सिमित अनुहारमा फिल्म घुम्न थालेको छ । केकी अधिकारी, प्रियंका कार्की वा नम्रता श्रेष्ठ । यसपछिको विकल्प खोइ त ? उसो त, नायकको जस्तो अभाव नायिकाहरुमा देखिदैन । नयाँँ अभिनेत्रीहरूको भीड देखिन्छ तरपनि केकी, प्रियंका र नम्रताकै हालिमुहाली देखिन्छ । 
 
कलाकार बन्छु भनेर मात्र हुँदैन, एउटा स्थान बनाउनु पर्छ भन्ने जान्नुपर्दछ । अंगप्रदर्शन र छोटा पहिरन क्षणिक समयका लागि मात्र होलान् । तर, लामो रेशको घोडा बन्न पक्कै पनि चुनौती छ ।