मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

दशैंपछि के त ?

फिल्मीखबर, काठमाण्डौ, 2014/09/30
दशैं अघिसम्मको नेपाली फिल्म क्षेत्रको माहोल खासै गर्मिलो हुन सकेन । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि चलेको फिल्म 'कोहिनुर' बाहेक अन्य कुनै पनि फिल्म व्यवसायिक रुपमा सफल हुन सकेनन् ।
 
नेपालीहरुको घर घरमा विजयादशमीले पाइला राखिसकेको छ । दशैंको माहोलमा न त फिल्मको छायांकन हुन्छ, न त कलाकार तथा प्राविधिक काममा नै व्यस्त हुन्छन् । दशैंले फिल्मको व्यापार बढाएपनि यो क्षेत्रलाई भने सुनसान बनाइदिन्छ ।
 
सुस्ताएको फिल्म व्यापारलाई दशैंपछि प्रदर्शनमा आउने फिल्मले उठाउलान् ? के दशैंपछि प्रदर्शनमा आउने फिल्ममा त्यस्तो दम छ जसले दर्शकलाई फेरि एकपटक हलसम्म तानुन् ? असोज १५ अर्थात फूलपातीबाट रेखा थापाको 'हिम्मतवाली' हलमा लाग्दैछ । जसको आशा र अपेक्षा धेरै छ । 
 
धेरैको नजर कात्तिक ७ मा चल्न लागेका 'लज्जा' र 'स्टूपिड मन'मा छ । छविराज प्रोडक्शनमा निर्माण भएको 'लज्जा'मा आर्यन सिग्देल र शिल्पा पोख्रेलको अभिनय छ । योसँगै हलमा लाग्न लागेको 'स्टूपिड मन'मा जीवन लुईटेल, निरज बराल र दुई नयाँँ अनुहार चाँदनी शर्मा र रिजु श्रेष्ठको अभिनय छ । 
 
कात्तिक १४ मा प्रदर्शनमा आउने 'एउटा साथी'ले पनि दर्शकलाई हलसम्म तान्न सक्छ । संचारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा बनेको यो फिल्ममा सलोन बस्नेत, रिस्ता बस्नेत, अनु शाह, जोन तामाड लगायतका कलाकारको अभिनय छ । 
 
कात्तिक २१ गते चल्न लागेको फिल्म 'सरी ल'लाई पनि केन्द्रमा राखिएको छ । यसको मुख्य कारण निर्देशक ऋषि लामिछाने हुन् । उनका यसअघिका फिल्म हिट छन् । मंसिर ५ मा नामकै कारण चर्चामा रहेको 'श्री ५ अम्बरे'लाई धेरैको नजर लागेको छ । फिल्मले केकी अधिकारी, सौगात मल्ल, प्रियंका कार्कीको केमेष्ट्रिलाई देखाएको छ । यस्तै यहि मितिमा 'हमजायगा' रिलिज हुँदैछ भने मंसिर १९ मा 'नाइके' र 'रंग बैजनी' लाग्दैछ । 
 
मंसिर २६ मा आउन लागेको 'लभ यू बाबा' होस् या पौष २५ मा आउन लागेका 'लभ सब', 'अलबिदा' र 'आभाष' नै किन नहुन् । या त फाल्गुण १ मा आउन लागेका 'वन वे' र 'अधकट्टी' नै किन नहुन् । नेपाली फिल्म रिलिजको क्यालेन्डर सूचि यो बर्ष पनि निक्कै लामो छ । फाल्गुण १५ गते चल्न लागेका 'अझै पनि' र 'आवेग' । चैत्रमा चल्ने पक्का भएका 'भूलभूलैया' हुन् या 'नाई नभन्नु ल ३' र 'हवल्दार सुन्तली' । फिल्मको रिलिज दशैंपछि झनै फराकिलो र दरिलो देखिन्छ ।
 
दशैंपछि फिल्म क्षेत्रको माहोल फेरिने अपेक्षा धेरैको छ । कात्तिक ३ मा हडकडमा हुन लागेको सातौं नेफ्टा फिल्म अवार्डले पनि धेरैको ध्यान खिचेको छ । चाडपर्वको आगमनसँगै हरेक क्षेत्रको माहोल फेरिने विश्वास छ । आशा गरौं, दशैंपछि फिल्म नगरीमा अखिर के भयो त भनेर नकारात्मक चर्चा गर्न पर्ने छैन ।