मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

५० दिनमा `अलबिदा` प्याकअप

फिल्मीखबर, काठमाण्डौ, 2014/09/30
अभिनेता हसन खानको निर्माणमा बनेको फिल्म 'अलबिदा'को सुटिङ सकिएको छ । सिराहा, जनकपुर र काठमाण्डौमा झन्डै ५० दिन लगाएर फिल्मको सुटिङ सकिएको निर्माता खानले जानकारी दिए । 
 
 
पौष २५ गतेका लागि रिलिज मिति तय गरिएको यो फिल्ममा हसनको साथमा आर्यन सिग्देल, अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका छ । फिल्म निर्माणका लागि रिलिजसम्म ७५ लाख जति खर्च हुने हसन दाबि गर्छन् । 
 
मुस्लिम र हिन्दू समुदायको कथा भन्ने 'अलबिदा'लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । अलबिदा'मा अनिताले मुस्लिम समुदायको युवतीको भूमिका निर्वाह गरेकी छिन् भने हसनले मुस्लिम समुदाय र आर्यनले हिन्दू समुदायको प्रतिनिधित्व गरेका छन् । 
 
एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यो फिल्मको कथा हसन खानले नै लेखेका हुन् । फिल्ममा अष्ट महर्जनको द्धन्दनिर्देशन, रमेश्वर कार्कीको छायाँकन तथा विपिन मल्लको सम्पादन छ ।