Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17383 - 17388 of 24017
फिल्मीखबर, काठमाडौं, 2014-08-08, शुक्रवार

आज साउन २३ गतेबाट अल नेपाल प्रदर्शनमा आएको फिल्म ‘कोहिनूर’ को विशेष शो गरिएको छ । कमलादीस्थित कुमारी हलमा आयोजना गरिएको ‘कोहिनूर’ को बिहानी शोमा फिल्म युनिट, सञ्चारकर्मी तथा अन्य केही फिल्मकर्मीको उपस्थिति रहेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-08, शुक्रवार

कारगिल युद्धमा ज्यान गुमाएका सैनिकको विषयमा निर्मित फिल्म 'निशानी'को रोधी गीत रिलिज गरिएको छ । बिबि अनुरागीको संगीत रहेको प्रस्तुत गीतमा शर्मिला गुरूङ, अर्जुन सुनाम र बिबि अनुरागीको स्वर रहेको छ । प्रस्तुत गीतलाई सुमन श्रापितले लेखेका हुन ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-08, शुक्रवार

बरिष्ठ फिल्मकर्मी नीर शाहलाई नेपाल सरकारले नेपाल टेलिभिजनको अध्यक्ष  पदमा नियुक्त गरेको छ । सरकारी मिडियाको ब्यवस्थापन नयाँ ढंगले गर्ने उद्धेश्य सहित शाहलाई नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुक्त गरिएको बताईएको छ । 

फिल्मीखबर, काठमाडौं, 2014-08-08, शुक्रवार

सुनकोशी प्रभावितको राहतका लागि सरकार तथा विभिन्न संघ संस्था सहयोगका लागि लागिपरेका छन् । यसमा संगीतकार संघ पनि थपिने आइपुगेको छ । संघले संगीतकार चेतन सापकोटाको संयोजकत्वमा एक कमिटी गठन गरी सुनकोशी प्रभावितलाई सहयोगको आव्हान गर्ने निर्णय गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2014-08-07, बिहिवार

रजतपटमा एकै साथ प्रदर्शनमा आउने फिल्म ‘ताण्डव’ र ‘सम्बोधन’ बाट नेपाली रजतपटमा दुई नव नायकको उदय हुँदैछ । ¥यापर आशिष राना ‘लाउरे’ र स्ववियु सभापति विनय भट्टले क्रमशः ‘ताण्डव’ र ‘सम्बोधन’ मा अभिनय गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2014-08-07, बिहिवार

चलचित्र विकास वोर्डले विशेष फिल्मको मान्यतालाई पुनः कार्यन्वयनमा ल्याएको छ । विचमा विविध कारणले रोकिएको विशेष फिल्मको मान्यतालाई आवश्यक महसुस गर्दै पुनः कार्यन्वयनमा ल्याइएको विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले बताए ।

Results : 17383 - 17388 of 24017