मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

करिश्मा `सदाबहार`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/29
अभिनेत्री करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले सदाबाहार नायिकाको रुपमा सम्मान गर्ने भएको छ । नेपाल चलचित्र प्राविधिक संघको निर्णय अनुसार कात्तिक ३ गते हङकङमा आयोजना हुन लागेको 'सातौं नेफ्टा फिल्म अवार्ड’मा उनलाई यो उपाधीबाट सम्मानित गर्न लागिएको हो ।
 
नेपाली फिल्म नगरीमा २५ बर्ष भन्दा लामो समयदेखि निरन्तर लागिरहेकी करिश्मा आँफैमा सदाबाहार सुन्दरीको रुपमा परिचित छिन् । यसअघि चलचित्र प्राविधिक संघले राजेश हमाललाई 'महानायक' र निर शाहलाई 'अभिनय शिरोमणी'को उपाधीबाट सम्मान गरेको थियो । 
 
यस्तै सोही समारोहमा थुप्रै विज्ञापनको निर्माण तथा निर्देशन गरेका व्यवसायी निर्मलराज पौडेललाई पनि प्राबिधिक संघले सम्मान गर्दैछ । करिब ८५ जना कलाकार तथा पत्रकारहरुको जम्बो टोली कात्तिक १ गते हङकङ तर्फ प्रस्थान गर्नेछ ।