Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`होस्टेल रिटन्स'को शुभसाइत

फिल्मीखबर, काठमाण्डौ, 2014/09/29
दुर्गिस फिल्मस्ले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । फिल्म ‘होस्टेल रिटन्स’को आज काठमाण्डौमा शुभसाइत गरिएको हो । सुनिल रावलको निर्माणमा बन्न लागेको यो फिल्मलाई सुरज भुषालले निर्देशन गर्दैछन् । 
 
असोज २१ गतेबाट फिल्मको छायांकन बुटवलमा गरिने बताइएको छ । ‘होस्टेल’का कुनै पनि कलाकार नदोहोरिएको यस फिल्ममा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, निर्मल शर्मा, सुदाम सीके, प्रदिपकुमार चौधरी, इभास जोशी, रमेश श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ । 
 
फिल्ममा चन्द्र पन्तको द्धन्द निर्देशन तथा स्वप्निल शर्माको संगीत छ । यो फिल्मले होस्टेलको जीवनशैलीलाई नै पर्दामा देखाउने बताइएको छ । 'मौन' नामक फिल्म निर्देशन गरेका भुषालले यसलाई महत्वकांक्षी प्रोजेक्ट भनेका छन् ।