शिशिर जय खरेलले त्रिलोचन सैजुसँग मिलेर निर्माण गरेको फिल्म ‘लाटी‘ हाल पोष्ट प्रोडक्सनमा छ । श्रृजना फिल्म प्रालीको पहिलो प्रस्तुति रहेको ‘लाटी’ले चेलिबेटी बेचबिखन तथा सामाजिक बिषयका कथा खोतल्ने प्रयास गरेको छ ।

राजबहादुर सानेको निर्देशन रहेको ‘लाटी’मा सबिना कार्की, रिभल मल्ल ,जिके शर्मा, सुजल नेपाल ,सुवास गजुरेल, नेत्र बिस्ट लगायतको अभिनय देख्न सकिन्छ । पुरुषोत्तम रिमाल र प्रकाश खत्री समेतको निर्माण रहेको यो फिल्म चितवन र नवलपरासी आसपासका स्थानमा छायांकन गरिएको हो ।

