गत बर्षको बल्कबष्टर फिल्म 'नाईं नभन्नु ल २'को सफलताबाट हौसिएका निर्देशक बिकास आचार्यले आज बुधबारबाट 'नाईं नभन्नु ल ३'को छायाँकन शुरू गरेका छन् । आफू निर्माता बनेर आचार्यले निर्देशनको जिम्मा मुस्कान ढकाललाई दिएका छन् ।


फुच्चे अभिनेता संयम पुरी र नव अभिनेत्री आश्मा डिसीले फिल्मको पहिलो टेक दिए । पहिलो दिनको सुटिङ सुन्धारास्थित भद्रकाली मन्दिरबाट शुभारम्भ गरिएको हो । पहिलो टेक दिने संयम र आश्मा रियल लाइफका जोडी हुन् ।
संयमले पहिलो दिनको सट दिएपनि उक्त फिल्ममा 'नाईं नभन्नु ल २' कै बाल अभिनेता अनुभव रेग्मी केन्द्रिय भूमिकामा छन् । फिल्ममा संयम, आश्मा, अनुभवसहित प्रियंका कार्की, सुरज सिंह ठकुरी, संचिता लुइँटेलको मुख्य भूमिका रहनेछ । यस्तै यो फिल्ममा आर्यन सिग्देल र गरिमा पन्तको बिशेष भूमिका रहने बताईएको छ ।
.jpg)
.jpg)
यसअघि 'नाईं नभन्नु ल' र यसको सिक्वेलमा देखिएका अभिनेता जीवन लुईटेल भने यसपटक नदेखिने भएका छन् । जीवनले हात झिकेपछी उनको स्थानमा आर्यनलाई इन्ट्री गराउन लागिएको हो । जीवनले आफ्नो भूमिका चित्त नबुझेर छोडेको बताए । 'अफिसियल्ली एग्रिमेन्ट' नभएकाले आर्यनले गर्ने नगर्ने टुंगो नलागेको बताए । स्रोतका अनुसार बिकासको अर्को फिल्ममा आर्यन मुख्य भूमिकामा हुने संभावना छ ।
आफ्ना मुख्य सहायक निर्देशक मुस्कान ढकाललाई निर्देशनमा डेब्यू गराएका बिकासले कलाकारको रूपमा भने कसैलाई डेब्यू गराएनन् । 'नाईं नभन्नु ल २' कै संगीतकार बसन्त सापकोटा र छायांकार पुरूषोत्तम प्रधान भने यो प्रोजेक्टमा दोहोरिएका छन् ।
.jpg)

