Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17377 - 17382 of 24017
सन्तोष गौतम, म्याग्दी, 2014-08-09, शनिवार

जातीय भेदभाव विरुद्धको सन्देश प्रवाह गराउने उद्देश्यले चेतनामुलक फिल्म 'कसिङ्गर' को निर्माण गरिएको छ ।  म्याग्दी निस्कोटका राजबिर पटेलको कथा लेखन, निर्देशन र निर्माण रहेको यो फिल्म प्रर्दशनका लागि तयार भएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-08, शुक्रवार

आठ बर्षिय बालक सौगात विष्टको निर्देशनमा निर्माण गर्न लागिएको फिल्म ‘लभ यू बाबा’ को छायाङ्कन शुरु भएको छ । असाधारण प्रतिभाका धनि सौगातको निर्देशनमा बन्ने फिल्म ‘लभ यू बाबा’को आज शुक्रबारबाट सुटिङ थालिएको हो । 

फिल्मीखबर, सिड्नी, 2014-08-08, शुक्रवार

अभिनेत्री झरना बज्राचार्य फिल्म 'सेफ ल्याण्डिङ'को प्रीमियरका लागी अष्ट्रेलियाको सिड्नी शहर आइपुगेकी छिन । शनिबार साँझ सिड्नीको हर्सभिल सिभिक थिएटरमा हुने फिल्मको भव्य प्रिमियरमा झरना उपस्थित हुनेछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-08, शुक्रवार
फिल्म `जन्मभूमी`को डविङ लगभग अन्तिम चरणमा पुगेको छ । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको यो फिल्मको डविङसगै कलर संयोजन तथा पाश्र्व संगीतको समेत काम भइरहेको छ । खासगरी सामाजिक कथामा केन्द्रित `जन्मभूमी`मा राष्ट्रप्रेम झल्काइएको छ । 
 
फिल्मीखबर, काठमाडौं, 2014-08-08, शुक्रवार

यो शुक्रबार  दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका ‘कोहिनूर’ र ‘शीशा’ बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । आकाश अधिकारीको निर्देशन रहेको फिल्म ‘कोहिनूर’ श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको ‘कहाँ भेटिएला’ क्रेजसँग जोडिन आउँछ । के ‘कोहिनूर’ ले श्री र श्वेताको कहाँ ‘भेटिएला’ क्रेजलाई दोहो¥याउला ?

फिल्मीखबर, काठमाडौं, 2014-08-08, शुक्रवार

बलिउडमा बादशाहको रुपमा परिचित अभिनेता शाहरुख खान नेपाल आउने भएका छन् । शाहरुख ब्रान्ड एम्वेसडर रहेको नेरोल्याक पेन्ट्सले खानलाई नेपाल ल्याउने भएको हो । सोही उद्धेश्यका लागि कम्पनीले ‘डान्स विथ डन’ अफर सार्वजनिक गरेको छ । सो अफरमा विजेता बन्नेले शाहरुखसँग नृत्यको अवसर प्राप्त गर्नेछन् ।

Results : 17377 - 17382 of 24017