Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17365 - 17370 of 24017
अर्पण ढकाल, धरान, 2014-08-12, मंगलवार

अभिनेता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाई सरकारी सम्मान सहित आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लाखौं शुभचिन्तक सहित मन्त्री नेता एवं फिल्मकर्मीले उनलाई अन्तिम श्रदान्जली दिएका थिए । काठमाडौँ आसपासका शुभचिन्तकले शवयात्रामा सहभागी भएरै श्रीलाई श्रद्दान्जली दिइरहँदा उनले निर्माण एवं अभिनय गरेको अन्तिम फिल्म 'कोहिनूर' हेर्न देशभरका हलमा समेत दर्शक पुगेर उनलाई श्रद्दान्जली दिइरहेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2014-08-11, सोमवार

गत शनिबार मुम्बईको करोलबाग स्थित गंगाराम अस्पतालमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको सोमबार आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रीकृष्णका जेठा दाइ रामकृष्ण श्रेष्ठले दागबत्ति दिनुअघि नेपाल सरकारका मन्त्रीहरु मिनेन्द्र रिजाल र प्रकाशमान सिंहले नेपालको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । त्यसलगत्तै  पुलिसको टुकडीले सलामी दिएर उनप्रति सम्मान प्रकट गरेको थियो ।  रामकृष्णले करिब ९ बजे राती दागबत्ति दिएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2014-08-11, सोमवार

सरकारले अभिनेता श्रीकृष्ण श्रेष्ठलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । सरकारले उनको अन्तिम बिदाइमा पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउने र नेपाल प्रहरीबाट सलामी दिने निर्णय गरेको हो । सरकारबाट प्राप्त सूचना अनुसार। सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले स्व. अभिनेता श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउने छन् भने नेपाल प्रहरीले स्व.श्रीकृष्णको शवलाई पशुपति आर्यघाटमा सलामी दिनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-11, सोमवार

पूर्वराजा ज्ञानेन्द्र शाहले अभिनेता श्रीकृष्ण श्रेष्ठको असमायिक निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । ज्ञानेन्द्रका स्वकिय सचिव फणिराज पाठकद्धारा सोमवार जारी गरिएको विज्ञप्तिमा अभिनेता श्रेष्ठको निधनको खबरले ज्ञानेन्द्र स्तब्ध भएको र मृतआत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।

अर्पण ढकाल, धरान, 2014-08-11, सोमवार

नेपाली फिल्म उद्योगका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा भारतमा निधन भयो  सम्पूर्ण फिल्म क्षेत्रनै शोकमा डुबिरहेको बेला उनले निर्माण एवं अभिनय गरेको फिल्म 'कोहिनूर' देशभरका हलमा गत शुक्रबारबाट प्रदर्शन भैरहेको छ  प्रदर्शनको पहिलो दिनबाटै देशभरको हलमा फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ 

फिल्मीखबर, काठमाडौं, 2014-08-10, आईतवार

अभिनेता एवं निर्माता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर भोली साउन २७ गते १ बजे नेपाल आइपुग्ने भएको छ । श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाई एअर इण्डियाको नियमित उडानबाट नेपाल ल्याउन लागिएको चलचित्र बिकास बोर्डले एक विज्ञप्ती मार्फत् जानकारी गराएको छ । 

Results : 17365 - 17370 of 24017