प्रशन्न पौडेलले डेब्यू निर्देशन गरेको फिल्म 'स्वर'बाट ३ सुन्दरीहरुले नेपाली फिल्म नगरीमा पाइला राखे । म्यूजिक भिडियोमा जमेकी केकी अधिकारी, संचारकर्मबाट आएका वेनिशा हमाल र रिमा विश्वकर्मा 'स्वर'का अभिनेत्री मात्र भएनन् एकअर्काका मिल्ने साथी पनि भए । एकैसाथ आएका यि तीन सुन्दरीको अहिले आ-आफ्नै पहिचान बनेको छ ।

फिल्म चलेन तर अभिनेत्री केकी अधिकारी चलिन् । उनले 'स्वर' पश्चात थुप्रै फिल्ममा मुख्य भूमिका निर्वाह गरिन् । फिल्मकर्मी र सञ्चारकर्मी मात्र हैन दर्शकको नजरमा पनि केकी अगाडी नै पर्छिन् । विवाद भन्दा बाहिर रहने केकी आज उच्च स्थान बनाउने बाटोमा छिन् ।
अभिनेत्री वेनिशा हमालका लागि फिल्म भन्दा म्यूजिक भिडियो नै अगाडी बढ्ने बाटो बनेको छ । वेनिशाले आधा दर्जन फिल्ममा काम गरिसकेकी छिन् । तरपनि फिल्मकर्मीको नजरमा उनी पर्न सकेकी छैनन् । भिडियोमा बढी व्यस्त बनेकी बेनिशा स्क्रिप्ट लेखन तिर लाग्न थालएकी छिन् । उनले आफ्नो स्थान स्क्रिप्ट लेखनमा कस्तो बनाउँछिन् ? हेर्न बाँकी छ ।
'स्वर'की अर्की डेब्यू अभिनेत्री रिमा विश्वकर्माका लागि पनि फिल्म खासै नफापेको देखिन्छ । भिडियोमा नै जमिरहेकी रिमा फिल्ममा भन्दा इभेन्ट्समा व्यस्त छिन् । फिल्ममा आउनु पूर्व सञ्चारकर्मी रहेकी रिमा प्रेम प्रसंगका कारण अलि बढि चर्चामा आउने गर्छिन् । अभिनयमा उनको प्रशंशा ठिकै हुने गरेको छ ।
सुन्दरतामा एकअर्कामा कमी नदेखिएका यि अभिनेत्री 'स्वर' पश्चात पर्दामा एकसाथ देखिएका छैनन् । केकी र बेनिशाले भने 'महसुश'मा एकसाथ अभिनय गरेका थिए ।

