फिल्मको पर्दामा अभिनेता र अभिनेत्रीको जोडीलाई चर्चाको घेरामा राखिन्छ । कुन अभिनेता अभिनेत्री सफल छन्, कुन जोडी पर्दामा सफल मानिन्छ ? यस्तै चर्चा मिडियामा हुन्छ । दर्शकमा कौतुहलता बढ्छ ।

तर, यतिबेला दुई अभिनेत्रीबिचको `केमेष्ट्री`ले पर्दा भित्र र बाहिर चर्चा पाउँदैछ । पछिल्लो समयका चर्चित तथा सफल अभिनेत्रीद्धय केकी अधिकारी र प्रियंका कार्की एकपछि अर्को फिल्ममा एकसाथ देखिदैछन् ।
मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'श्री ५ अम्बरे'मा केकी र प्रियंकाको अभिनय देख्न सकिन्छ । यो फिल्मको केकी मुख्य पात्र हुन् भने प्रियंका अतिथी भूमिकामा छिन् । यि दुईको निकटताको सुरुवात फिल्म 'मेरो बेष्ट फ्रेन्ड'बाट भएको हो । 'मेरो बेष्ट फ्रेन्ड'मा प्रियंका मुख्य भूमिकामा थिईन् भने केकी अतिथी भूमिकामा ।
'श्री ५ अम्बरे' प्रदर्शनमा नआउँदै केकी र प्रियंकाले 'फन्को' नामक फिल्ममा एकसाथ काम गरिसकेका छन् । सुवर्ण थापाले निर्देशन गरेको यो फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भईरहेको छ । यस्तै, माल्भिका सुब्बाले निर्माण गर्न लागेको 'हाउ फन्नी' नामक फिल्ममा पनि केकी र प्रियंका मुख्य भूमिकामा देखिंदैछन् ।

फिल्मको पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि केकी र प्रियंकाको जोडी जमेको देखिन्छ । प्रतिश्पर्धी दुनियाँँमा डाह तथा इर्श्या गर्ने थुप्रै भेटिन्छन् त्यो पनि रंगीन दुनियाँँमा । तर, यिनीहरू एकअर्काको तारिफ गरेर थाक्दैनन् । छोटो समयमा नै यि दुई अभिन्न मित्र बनेका छन् ।
दुई अभिनेत्रीलाई एकसाथ पर्दामा पेस गर्दा निर्मातालाई फाइदा हुन्छ या घाटा भनिहाल्न सकिने अवस्था छैन । तर,पनि फिल्म क्षेत्रमा छाउंदै गरेका यि दुई कलाकारको जोडीले कस्तो तहल्का मच्चाउने हो ? समयले नै बताउनेछ ।

