मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(22 votes, avg 4.18/5.00)
Text size:-
+
-

राजेशले भने- `को आमिर खान ?`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/10
बलिउड चर्चित अभिनेता आमिर खान तीन दिने नेपाल भ्रमण सकेर बिहीबार साँझ भारत फर्के । नेपाल आएर हल्लाखल्ला गरेका तिनै अभिनेता खानका कारण नेपाली क्रिकेट कप्तान पारस खड्काको अपमान भएको भनाइ नेपालका चर्चित गायक राजेश पायल राईले राखेका छन् । 
 
एक अनलाईनमा आएको 'आमिर आउँदा पारसलाई उपेक्षा' शिर्षकको समाचारलाई आधार बनाउँदै राजेशले आयोजकले आमिरलाई सम्मान दिंदा पारसको अपमान भएको फेसबुकमा लेखेका छन् । उनले फेसबुक पेजमा लेखेका छन्- 'हाम्रो लागि हाम्रो राष्ट्र महान हो आमिर होइन चेतना भया ।' 
 
यस्तै राजेशले 'फिल्म फिल्म हो, राष्ट्र र राष्ट्रियता फरक हो । इज्जत लिन र दिन सिकौं' भन्दै नेपालीलाई सम्मान आँफैले गरौं भन्ने आशय व्यक्त गरेका छन् । 
 
युनिसेफले अमिरलाई दक्षिण एसियाका सद्भावना दूत घोषणा गर्न आयोजित कार्यक्रममा पारसलाई नेपालका सद्भावना दूतको हैसियतमा निम्तो गरिएको थियो । अमिर र पारसले संयुक्त रुपमा युनिसेफको सुनौला १००० दिनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर अमिरलाई मञ्चमा र पारसलाई दर्शकदीर्घामा राखिएकोप्रति राजेशले असन्तुष्टी पोखेका हुन् । 
 
सुनौला १००० दिन उद्घाटन गर्ने क्रममा मात्रै पारस मञ्च उक्लिन पाएका थिए । उद्घाटनपछि आयोजकले पारसलाई थोरै बोल्न भनेपछि उनी एक मिनेट मात्र बोलेर फेरि दर्शकदीर्घामै ओर्ले । आमिरले भने आमाको दुधको विषयमा २० मिनेट भन्दा बढि प्रबचन दिएका थिए ।