Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17359 - 17364 of 24017
फिल्मीखबर, काठमाडौं, 2014-08-13, बुधवार

भदौ २७ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘निशानी’ले बुधबारदेखि नेपाल टुर थालेको छ । निर्देशक विनोद सेरेङले पोखराबाट नेपाल टुरको थालनी गर्ने जानकारी गराए । ‘बिहीबार पोखरामा फिल्मको प्रचार प्रसार गरेर त्यहाँबाट पूर्वको यात्रा थाल्छौै । पूर्वमा धरान, बिर्तामोड जस्ता ठाउँमा पुगेर फिल्मको प्रचार गरेपछि पहिलो चरणको प्रमोसन टुर सकिन्छ । अर्को चरणकालागि भने फेरि सल्लाह गरेर जुट्छौं,’ निर्देशक सेरेङले भने ।

फिल्मीखबर, काठमाडौं, 2014-08-13, बुधवार

काठमाडौ, निःसन्तान महिलाको कथामा फिल्म बन्ने भएको छ । नाम टुंगो भईनसकेको फिल्मलाई ‘धुन’बाट डेब्यु गरेका कृष्ण पौडेलले निर्देशन गर्न लागेका हुन् ।
फिल्मको कथा रघुनाथ सापकोटा हो भने फिल्मको पटकथा कृष्ण आचार्यले लेख्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2014-08-12, मंगलवार

भाष्कर ढुंगानाले निर्देशन गरेको फिल्म ‘सुन्तली’ साउथ कोरियाको बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्म निर्देशक भाष्करले एक अनलाइनसँगको कुराकानीमा फिल्म अप्रतिस्पर्धी विधा ‘ अ विन्डो अन एसिएन सिनेमा’ शीर्षकमा छनोट भएको बताएका छन् । भाष्करले पत्रकार सम्मेलन गर्दै बाँकी जानकारी सार्वजनिक गर्ने सो अनलाइनसँगको कुराकानीमा बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-12, मंगलवार

र्यापर आशिष रानाको स्वर तथा शब्द रहेको फिल्म ‘ताण्डव’मा समावेश ‘युद्ध’ बोलको र्याप गीत सार्वजनिक भएको छ । भाद्र ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्ममा नम्रता श्रेष्ठ र आशिष रानाको मुख्य भूमिका छ । मोहन डोटेलको निर्माणमा तयार भएको यो फिल्मलाई वेलायती नागरिक मुर्रे केरले निर्देशन गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2014-08-12, मंगलवार

 काठमाण्डौं देखि मोफसल, बच्चादेखि वृद्धासम्म स्व.श्रीकृष्णप्रति समवेदना प्रकट गर्न एयरपोर्ट देखि प्रज्ञा भवन प्रतिष्ठान र पशुपती आर्याघाटसम्म लाम लागेर बसेका थिए । ‘श्रीकृष्ण श्रेष्ठ अमर रहून्’ भन्दै जयजयकार गरी सडक तथा पेटीमा उभिएका सबै सर्वसाधरण एवं शुभ चिन्तकले श्रीकृष्णप्रति समवेदनाको फूल चढाउन पाएनन् । श्रीकृष्णप्रति समवेदना प्रकट गर्न अनपेक्षित रुपमा मानव सागरको ओइरो लागेपछि सुरक्षा व्यवस्था अस्त व्यस्त भयो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-12, मंगलवार

ग्रामिण युवतीले देख्ने सुन्दर भविष्यको सपनालाई आधार बनाएर निर्माण गरिएको फिल्म ’सुन्तली’ को फस्टलुक रिलिज गरिएको छ । अभिनेत्री प्रियंका कार्की प्रस्तुत फिल्मको शिर्ष भूमिकामा छिन । 

Results : 17359 - 17364 of 24017