Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा `हमजायगा` प्रिमियर हुने

फिल्मीखबर, काठमाण्डौ, 2014/10/11
नेपालीभाषीहरूको बाहुल्यता रहेको भारतको दार्जीलिङ र खरसाङमा निकै चर्चित रहेका चुट्किला पात्र दलबहादुर गुरूङ 'हमजायगा'को नाममाथि  बनेको फिल्म 'हमजायगा'को अमेरिकामा प्रिमियर हुने भएको छ । 
 
अमेरिकाको न्यूयोर्क शहरस्थित ज्याक्सन हाईटमा आगामी नोभेम्बर १ तारिखका दिन फिल्मको प्रिमियर गरिन लागिएको हो । रोश्नी गुरूङ, प्रेम गुरूङ, गम प्रसाद गुरूङ र बिजय नकर्मीले फिल्म प्रिमियरको आयोजना गरेका हुन् । 
 
आगामी मंसिर ५ गतेबाट नेपालमा रिलिज हुन लागेको 'हमजायगा'लाई मुनाल फिल्म्सको व्यानरमा सुरेन्द्र पुनले निर्देशन गरेका हुन् । निर्देशक पुनका अनुसार 'हमजायगा' रोमाण्टिक कमेडीमा आधारित मनोरञ्जनात्मक व्यवसायिक फिल्म हो ।
 
बाबु बोगटी, मनोज आरसी, विल्सनविक्रम राई, ऋचा धिताल, सपना श्रेष्ठ, पार्वती राईलगायतको अभिनय रहेको यो फिल्मको कथा निर्देशक पुनले नै लेखेका हुन् । फिल्मलाई टंक गुरूङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
 

Most Visited News (monthly)